सिरियामा सरकारी सेनाको कारवाहीमा १४ सर्वसाधारणको मृत्यु « Khabarhub

सिरियामा सरकारी सेनाको कारवाहीमा १४ सर्वसाधारणको मृत्यु


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमास्कस– उत्तरपश्चिम सिरियामा सरकारी सेनाको हवाई आक्रमण तथा गोलाबारीमा १४ सर्वसाधारण मारिएका छन् ।

सिरियाको इडलिब प्रान्तमा सरकारी सेनाले गरेको हेलिकोप्टर तथा लडाकु विमानबाट गरिएको हवाई आक्रमण तथा गोलाबारीमा उनीहरुको मृत्यु भएको सिरियाली युद्धको अनुगमन गरिरहेको संस्थाले जनाएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मारिनेमा ७ बालबालिका समेत छन् । आक्रमणमा अरु दर्जनौं घाइते भएका छन् ।

हाल सिरियाली विद्रोहीको नियन्त्रणमा रहेको इडलिब प्रान्तमा सरकारी सेना र विद्रोहीबीचको भीडन्त चर्किरहेका बेला सिरियाली सेनाले हवाई आक्रमण गरेको हो ।

इडलिबमा ३० लाख भन्दा धेरैको बसोबास छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ९ : १५ बजे

किराती–साम्पाङ भेटवार्ता सकारात्मक, दुवै सुनसरी–१ बाट उठ्ने तयारीमा

धरान– पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी अध्यक्ष परिषद्का सदस्य सुदन

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

चौतारा– यहाँको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला

इरानमा सरकार विरोधी आन्दोलन तीव्र

दुबई– इरानको इस्लामिक गणतन्त्रलाई प्रत्यक्ष चुनौती दिने राष्ट्रव्यापी विरोध प्रदर्शन

पृथ्वीनारायण शाहको राष्ट्रप्रेम र एकताको भावना हाम्रा लागि प्रेरणाको स्रोत : सभामुख घिमिरे

काठमाडौं– विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय एकता, आपसी सद्भाव

मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग

काठमाडौं- निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लाग खटिएका मुख्य