अस्ट्रेलियाले इंग्ल्याण्डविरुद्ध निकाल्यो प्रभावशाली जीत « Khabarhub

अस्ट्रेलियाले इंग्ल्याण्डविरुद्ध निकाल्यो प्रभावशाली जीत


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसेज सिरिज अन्तर्गत पहिलो टेष्टमा अष्ट्रेलियाले इग्ल्याण्डविरुद्ध २ सय ५१ रनको प्रभावशाली जित हात पारेकाे छ । जितसंगै अष्ट्रेलियाले ५ खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

३ सय ९८ रनको लक्ष्य पछ्याएको ईङ्ल्याण्ड ५२ दशमलव ३ ओभरमा १ सय ४६ रनमा समेटिएको थियो ।

विशाल लक्ष्य पछ्याउने क्रममा क्रिस वाेक्सले पाँचौ तथा अन्तिम दिन बनाएको ३७ रन ईङ्ल्याण्डको सर्वाधिक ठुलो स्कोर रह्यो । जासन रोय र जोए रुटले समान २८ रन बनाए । उसका ६ ब्याट्सम्यानले दोहरो अंकको स्कोर छुन सकेनन् ।

अष्ट्रेलियाका नाथल लियोनले ६ विकेट लिदै ईङ्ल्याण्डको ईनिङ्स ध्वस्त बनाउने काम गरे । उनले २० ओभरमा ४९ रन खर्चिएर ६ विकेट लिएका थिए । यस्तै अष्ट्रेलियाका पट कमिन्सले ४ विकेट लिए ।

पहिलो ईनिङ्समा अष्ट्रेलिया २ सय ८४ मा अलआउट भएको थियो । जवाफी ब्याटिङमा उत्रिएको ईङ्ल्याण्डले ३ सय ७४ रन बनाउन सबै विकेट गुमाएको थियो ।

दोस्रो ईनिङ्समा अष्ट्रेलियाका लागि स्टेभन स्मिथ र म्याथ्यु वेडले शतकिय ईनिङ्स खेल्दै विशाल लक्ष्य खडा गरेका थिए । एउटै टेष्टमा दोस्रो सतक प्रहार गर्ने क्रममा स्मिथले १ सय ४२ रन बनाएका थिए ।

वेडले समेत सतकिय ईनिङ्स खेलेपछि अष्ट्रेलियाले ७ विकेट गुमाएर ४ सय ८७ रन बनाएको अवस्थामा ईनिङ्स डिक्लियरको घोषणा गरेको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ७ : २७ बजे

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको

भोटेकोसीमा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी

काठमाडौँ– रसुवाको भोटेकोसी नदीमा एक्कासी भीषण बाढी आएपछि बाढीको अवस्थाबारे

भोटेकोसी बाढीका प्रत्यक्षदर्शी भन्छन्- अचानक हुरी, धुलो र लेदोसहित उर्लिएर सबै छोप्यो

काठमाडौं– रसुवाको टिमुरे क्षेत्रमा बुधबार चीनतर्फबाट ल्हेन्दे खोलो हुँदै भोटेकोसीमा

रसुवाको भोटेकोशी नदीमा भीषण बाढी, सचेत रहन आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको छ । रसुवाका

सर्वोच्चले कांग्रेसको महाधिवेशन रोक्ने सम्भावना देख्दिनँ : उपसभापति शर्मा

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५ औँ महाधिवेशनको