क्रिकेट खेल जीवनबाट सन्यास लिने म्याकुलमको घोषणा « Khabarhub

क्रिकेट खेल जीवनबाट सन्यास लिने म्याकुलमको घोषणा


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- न्युजिल्याण्डका विकेटकिपर ब्याट्सम्यान ब्रेन्डन म्याकुलमले क्रिकेट खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । म्याकुलमले सोमबार क्यानडामा जारी ग्लोबल टी-ट्वान्टी क्रिकेट सकिएपछि सबै खाले क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

३७ वर्षे म्याकुलमले सामाजिक संजाल ट्वीटरबाट सन्यास घोषणा गरेका हुन् । म्याकुलम टोरन्टो नेसनलबाट ग्लोबल टी-ट्वान्टी खेलिरहेका छन् । ‘ग्लोबल टी-ट्वान्टीपछि सबै खाले क्रिकेटबाट सन्यासको आज घोषणा गर्दछु । २० वर्षे क्रिकेट करियरमा मलाई गर्व छ । मेरो परिवार, टिममेट, प्रशिक्षक, समर्थक सम्पूर्णमा धेरै धन्यवाद,’ म्याकुलमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सन्याससँगै म्याकुलमले युरो टी-ट्वान्टी स्लाम समेत नखेल्ने बताएका छन् । म्याकुलमले सन् २०१६ मा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए ।

म्याकुलमले न्युजिल्याण्डका लागि १०१ टेष्टमा ६ हजार ४५३ रन बनाएका थिए । यस्तै २६० एकदिवसीयमा ६ हजार ८३ रन जोड्दा ७१ टी-ट्वान्टीमा २ हजार १४० रन बनाएका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ७ : ४४ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण