शाहरुखसँगको यस्तो सम्बन्धबारे खुलाइन् पत्नी गौरीले « Khabarhub

शाहरुखसँगको यस्तो सम्बन्धबारे खुलाइन् पत्नी गौरीले


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बलिउड अभिनेता शाहरुख खानकी श्रीमती गौरी खान बेलाबेलामा चर्चामा आउने गर्छिन् ।

पछिल्लो समय उनले आफ्नो शाहरुख खानको सम्बन्धको विषयमा केही खुलासा गरेकी छिन् । जसको उल्लेख्य चर्चा भइरहेको छ ।

एक किताब सार्वजनिक कार्यक्रममा पुगेकी उनले सञ्चारमाध्यमसँग कुरा गर्दै उनले शाहरुख खान एक राम्रो पिता र पति रहेको बताइन् । उनले शाहरुखको श्रीमती हुनु आफ्नो लागि गर्बको कुरा भएको बताइन् ।

तर, आफूले सधैं साधारण कामकाजी महिलाको जस्तै साधारण जिन्दगी बिताउँदै आएको बताइन् । उनले आफूले सधैं शाहरुख खानको कारण भएको सकारात्मक कुरामा मात्र ध्यान दिने गरेको बताइन् । हालसालै शाहरुख खानले सामाजिक सञ्जालबाट आफ्नी छोरी सुहानाको ग्रेजुएटको जानकारी दिएका थिए ।

दुवैले आफ्नो प्रेमका लागि परिवारसँग संघर्ष गरेका थिए । अन्ततः उनीहरुको परिवारले पनि उनीहरुको प्रेमलाई स्वीकार गरेका थिए । सन् १९९१ मा यी दुईको बीचमा विवाह भएको थियो । शाहरुखले गौरीका परिवारलाई मनाउनका लागि ५ वर्षसम्म हिन्दू भएको नाटक गरेका थिए । उनले आफ्नो नाम पनि परिवर्तन गरेका थिए । यतिमात्र होइन, उनले विवाहपछि पनि गौरीसँग एक झुट बोलेका थिए।

गौरी र शाहरुखको बीचमा हनिमून पेरिस जाने सहमति भएको थियो तर शाहरुखसँग त्यसका लागि पर्याप्त पैसा थिएन । यस्तोमा उनले हनिमूनका लागि दार्जिलिङ लगेका थिए । शाहरुख सन् १९९१ मा गौरीका परिवारलाई मनाउन सफल भए । शाहरुखका अनुसार गौरी उनलाई यसकारण प्रेम गर्छिन् कि उनी निकै इमान्दार छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ९ : १२ बजे

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता