सम्बन्धविच्छेदका ९९ मुद्दामा पुरुषका तर्फबाट ३६ « Khabarhub

सम्बन्धविच्छेदका ९९ मुद्दामा पुरुषका तर्फबाट ३६


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भोजपुरमा पछिल्लो समय सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको छ । जिल्ला अदालत भोजपुरको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा मात्र ९९ मुद्दा दर्ता भएका छन् ।

३६ मुद्दा पुरुषले दर्ता गराएका छन् भने बाँकी महिलाले दर्ता गराएको अदालतले जनाएको छ । पुरुषले पनि श्रीमतीविरुद्ध सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गर्न सक्ने नयाँ कानूनी व्यवस्थाको प्रयोग गर्दै ३६ पुरुषले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका हुन् । भदौ १ गतेदेखि लागू भएका पाँच नयाँ कानूनमध्ये मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४ मा उल्लेखित व्यवस्थाको प्रयोग गर्दै उनीहरूले मुद्दा दर्ता गराएका हुन् ।

कार्यालयका अनुसार वैदेशिक रोजगारी, अविश्वास र रकम हिनामिना, सामाजिक सञ्जालको दुरुपयोग, घरेलु हिंसालगायतका कारण सम्बन्धविच्छेद घटना बढ्दै गएको हो ।

विगत दुई आर्थिक वर्षको तथ्याङ्कअनुसार जिल्ला अदालतमा यो वर्ष सम्बन्धविच्छेदका मुद्दा बढेको अदालतको भनाइ छ । गत आर्थिक वर्षमा परेका ९९ मुद्दामध्ये ८३ मुद्दा फछ्र्योट भएका छन् भने १६ मुद्दा बाँकी रहेको जिल्ला अदालतले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ९ : ४५ बजे

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय

पश्चिम नवलपरासीमा आर्थिक गणना कार्यालय स्थापना

नवलपरासी– पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ शान्तिचौरस्थित साविकको करदाता सेवा कार्यायलमा

कानुन विपरित गतिविधि गर्ने तीन फर्ममाथि जरिवाना

काठमाडौँ– खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरितका गतिविधि

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ