इराकमा लुटिएकी नेपाली चेली– पुरुष देख्दा पनि डर लागेर आउँछ ! « Khabarhub

इराकमा लुटिएकी नेपाली चेली– पुरुष देख्दा पनि डर लागेर आउँछ !


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २७ महिनाअघि धनुषाकी काविया साह (नाम परिवर्तन) वैदेशिक रोजगारीका लागि नेपालबाट कुवेतका लागि हिँडिन् । २१ वर्षीया साह नेपालबाट कुवेत हिडेपनि उनलाई दलालले इराक पुर्‍याएका थिए । इराकमा १८ महिना काम गरेर कुवेत मै आएपछि उनी स्वदेश आइपुगेकी छन् । एजेन्टकै कारण फसेकी उनी फेरि एजेन्टकै सहयोगमा इराकबाट कुबेत फर्कन सकिन् ।

नेपाली पनि त्यत्ति राम्रो बोल्न नसक्ने उनी एक सहयोगीका साथमा मात्र हिँड्ने गरेकी छन् । उनीसँग आफनै बहिनी पर्ने साथी छन् । इराकमा पाएको दुःख र पीडाले उनी पुरुष देख्नै सक्दिनन् । पुरुष देख्ने बित्तिकै उनी थरथरी काम्न थाल्छिन् । बोल्न डराउने उनी कसैसँग नजर जुँधाएर हेर्दिनन् । उनकी सहयोगी बहिनीले भनिन्–‘दिदीको आँखामा जहिले पनि आँशु नै मात्र देख्छु, उहाँ सुकसुक मात्र गरिरहनुहुन्छ ।’ साह गतहप्तामात्र मात्र नेपाल फर्किएकी हुन् । उनलाई कुवेतस्थित नेपाली दूतावास र कुवेतमा रहेका गैरआवासीय नेपालीको सहयोगमा उद्धार गरी नेपाल फकाइएको हो ।

वैदेशिक रोजगार प्रवद्धन बोर्डमा भेटिएकी उनीसँग समस्याको कुरा गर्दा गहभरी आँशु पारिन् । कुनै शब्द बोल्नु अघि नै उनी रुन थालिन् । निक्कै बेरको सन्नटापछि उनले भनिन्,–‘मलाई छोरा मान्छे देख्यो कि डर लाग्छ । अचानक रिस उठेर आउँछ । म धेरै बोल्नै सक्दिन ।’ उनले यसो भनेपछि उनकी सहयोगी बहिनीसँग हामीले कुराकानी गर्‍यौं ।

इराकमा जोखिम मोलेर लुकी लुकी एजेन्टलाई सम्पर्क गरी कुवेत फर्किएँ । अस्मिता जोगाउन खोज्दा कुटाइ खाएँ । पैसा तिरेर ल्याएका हौं भन्दै उनीहरुलाई मनलाग्दी गर्थे ।

‘नेपालबाट एजेन्ट दिलीप पासवानले भारत हुँदै कुवेत लैजाने भनेर इराक पुर्‍याइएको हो । इराकमा १८ महिना काम गरेँ एउटा घरमा । एक जना ६५ वर्षकी बुढी र अन्य ३ जना पुरुष थिए मैले काम गर्ने त्यो घरमा । ती पुरुष सरकारी जागिर थिए,’उनले भनिन, ‘त्यो देशमा महिलाको कुनै सम्मान छैन । आफ्नै आमाका आगाडी अर्की महिलालाई समाउँछन् । महिलाको त इज्वत नै गर्दैन् । उनीहरुका लागि महिला खेलौना हुन् । जे मन लाग्यो त्यही गर्छन । महिलाको चाहनाले केही हुँदैन । उनीहरुकै चाहना अनुसार जुन समय हो त्यही समय जबरजस्ती गर्छन ।’

१८ महिना घर बाहिर ननिस्की काम गरेकी उनले लामो संर्घषपछि कुबेत फर्कन सकेको बताइन्् । इराकमा जोखिम मोलेर लुकी लुकी एक एजेन्ट जितेन्द्र यादवलाई सम्पर्क गरी कुवेत फर्किएको बताइन्् । आफूलाई इराक पठाउने पासवानकै पहलमा आफू कुवेत आएको थाहा पाएको पनि उनले बताइन््।

‘अस्मिता जोगाउन खोज्दा कुटाइ खाए । मसँग एक जना भारतीय मुलकी महिला पनि काम गर्थिन । हामीलाई ती तीन जना पुरुषले उनीहरुले चाहेको बेला कोठामा बोलाउँथे । उनीहरुको व्यवहारले म त बेहोस नै हुन्थेँ,’ पीडा नै पीडाले भरिएको अनुहार खुम्च्याउँदै भनिन्, ‘भारतीय मुलकी ती बहिनी त बोल्न पनि सक्दिनन् ।’

आफैंले पैसा तिरेर आफ्नै अस्मिता लुटाएर आएको भन्दै उनले भनिन्, ‘घरकाले मात्र हैन्, घरमा पाहुना आएकाहरुले पनि छाडेनन् । पैसा तिरेर ल्याएका हौं भन्दै उनीहरुलाई मनलाग्दी गर्थे । ज्यान जोगाउनकै लागि भएपनि जे भन्छन् त्यही मानियो । पैसा तिरेर इज्जत लुटन लगाइयो ।’

कुवेत फर्किएपछि राम्रो काम पाएपनि इराकको घटनाले काम नै गर्न नसकेर स्वदेश फर्किएको उनले बताइन्् । बोर्डमा उपचार खर्चका लागि सहयोग माग्न पुगेकी उनले दूतावासमा पुगेर हारगुहार गरी नेपाल फर्किएको बताइन्् ।

यसरी पुर्‍याइयो इराक

बाध्यकारी रोजगारी कै कारण साहजस्ता महिला दलालको फन्दामा पर्ने गरेका छन् । परिवारकै विश्वासका कारण उनीहरु बेचिने गरेका छन् । उनीहरुको सोझोपनको फाइदा उठाउँदै दलालले पनि बढी रकम असुली गर्ने तथा सरकारले प्रतिबन्ध लगाएका देशमा पुर्‍याए नारकीय जीवन विताउन बाध्य बनाउने गरेका छन् ।

कुबेतका लागि भनेर दिल्ली पुगेकी उनलाई एजेन्टले दिल्लीबाट बंगलादेश पुर्‍याएको थियो । बंगलादेशमा पुगेपछि भने एजेन्टले इराकको महिला गृहमा काम गर्नुपर्ने भनेर इराक पुर्‍याएको उनको भनाई छ ।

आफना गाँउका काका पर्ने एजेन्ट जितेन्द्र यादवमार्फत उनी अर्कोको एजेन्ट दिलीपसँग सम्पर्कमा पुगेकी थिइन । दिलीप प्रहरीको फरार सूचीमा छन् । उनी तराईका जिल्लाबाट महिलाहरुलाई फकाउँदै भारत तथा खाडीका मुलुकमा पुर्‍याएर तस्करी गर्ने काम गर्दै आएका छन् । भारतीय जेलमा परेर छुटेका दिलीप मलेसिया र युएईमा बसेर नेपाली महिला खाडीका देश पठाउने सेटिङ मिलाउँछन् ।

कावियाले यादवलाई कुवेत जान १ लाख ४० हजार तिरेको बताइन्् । घरमा बाबु नभएपछि विदेश जाने भनेर सोधीखोजी गर्दा काका पर्ने एजेन्ट यादवले पासवानलाई भेटाएर चिनाइदिएको र काकाकै साथी भन्ने विश्वासले आफू उसले दिएको आवश्वासन अनुसार अघि बढेको साहले बताइन् । उनले भनिन, ‘पासवानले कुवेतमा महिनाको ४ सय डलर कमाइ हुने महिला गृहबाट राम्रो डिमाण्ड आएको छ भनेर प्रलोभन देखाए । त्यसपछि अरुलाई २ लाख लाग्छ । तर, साथीको आफन्त भएका कारण १ लाख ४० हजार दिनुभनेर पैसा लिए ।’

शुरुमा कुबेत काम गर्ने भनेपनि पछि भारतको मुम्वइ हुँदै इराक पुगेको साहले बताइन् । ‘त्यहाँ गएपछि पैसा कमाउने कुरा त कता कता हो बाचेर आउन मुस्किल भयो । महिनाको ४ सय डलर कमाई हुन्छ भनेको थियो । तर, आफु जाँदा लागेको ऋण नै तिर्न नसकी फर्किएँ,’ उनले भनिन, ‘अब समाजमा मुख कसरी देखाउनु भने चिन्ताले सताइरहेको छ ।’

उनले समुदायले हेय भावले हेर्ने समस्याबाट पनि अब झन पीडिन हुने बताइन्् । ‘विदेशबाट दुःख पाएर फर्केकालाई गाउँमा पनि राम्रो नजरले हेर्दैनन् । अब उपचारपछि यतै घरायसी काम खोजेर गर्छु,’ उनले भनिन् । साहले कक्षा ५ सम्ममात्र अध्ययन गरेको पनि बताइन् ।

बाध्यकारी रोजगारी कै कारण साहजस्ता महिला दलालको फन्दामा पर्ने गरेका छन् । परिवारकै विश्वासका कारण उनीहरु बेचिने गरेका छन् । उनीहरुको सोझोपनको फाइदा उठाउँदै दलालले पनि बढी रकम असुली गर्ने तथा सरकारले प्रतिबन्ध लगाएका देशमा पुर्‍याए नारकीय जीवन विताउन बाध्य बनाउने गरेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ११ : ४९ बजे

पूर्वगृहमन्त्री लेखकलाई २ नं गण महाराजगञ्जमा राखियो

काठमाडौं– पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले

कांग्रेसका सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको ‘संसदीय सचेतना’

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी

काठमाडौं– देशभर एकैदिन १६ स्थानमा आगजनीका घटना भएका छन् ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको बधाई, खनालसँग सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ– चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर