दक्षिण अफ्रिकी क्रिकेटर स्टेनले लिए टेस्ट क्रिकेटबाट सन्यास « Khabarhub

दक्षिण अफ्रिकी क्रिकेटर स्टेनले लिए टेस्ट क्रिकेटबाट सन्यास


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर डेल स्टेनले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

३६ वर्षे तीव्र गतिका बलर स्टेनले सोमबार टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । स्टेनले दक्षिण अफ्रिकाबाट एकदिवसीय र टी–ट्वान्टी क्रिकेटलाई भने निरन्तरता दिनेछन् ।

इंग्ल्याण्ड विश्वकपमा स्टेनको कुममा चोट बोकेका थिए । जसको कारण उनले विश्वकप नै गुमाउनु परेको थियो ।

स्टेन टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले अफ्रिकाबाट सन् २००४ मा टेस्टमा डेब्यु गरेका थिए भने अहिलेसम्म ४३९ विकेट लिएका छन् ।

उनले टेस्ट कहिल्यै नखेल्ने घोषणा गर्नु आफ्ना लागि दु:खद् भएपनि छुट्टिनु परेको बताए । ‘आज म, मैले सबैभन्दा धेरै मन पराएको क्रिकेट फर्म्याटबाट विदाको घोषणा गर्दैछु,’ स्टेनले भने, ‘मेरो विचारमा क्रिकेटको राम्रो भर्जन टेस्ट नै हो । जसले शारिरिक, मानसिक र भावनात्मक रुपमा छुन्छ ।’

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ११ : ०१ बजे

बलात्कारीको बास कहाँ छ ?

केही दिनअघि तीन वर्षकी एउटी बालिका बलात्कृत भएको समाचार आयो।

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई

म्याग्दीको घुमाउने ताल–मौवाफाँट सडक कालोपत्र

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउने ताल–मौवाफाँट सडक