औषधि व्यवस्था विभागका महानिर्देशक ढकालको पदस्थापन कार्यान्वय नगर्न सर्वोच्चको आदेश | Khabarhub Khabarhub

औषधि व्यवस्था विभागका महानिर्देशक ढकालको पदस्थापन कार्यान्वय नगर्न सर्वोच्चको आदेश


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालको पदस्थापनको निर्णय कार्यान्वयन नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले विभागका महानिर्देशक ढकाललाई सरुवा गर्ने निर्णय कार्यान्वयन नर्गन स्वास्थ्य मन्त्रालयका नाममा अन्तरिम आदेश दिएको छ ।

कर्मचारी समायोजनपछिको पदस्थापनका क्रममा ११ औं तहका ढकाललाई विभागको महानिर्देशकबाट सरुवा गरी विभाग मातहतमै सञ्चालित राष्ट्रिय औषधि प्रयोगशालामा पदस्थापन गरिएको थियो । यस्तै, विभागको महानिर्देशकमा उनीभन्दा एकतह जुनियर १० औं तहका पानबहादुर क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको थियो ।

आफूभन्दा जुनियर कर्मचारीलाई विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिएर आफूलाई सोहि मातहतको कार्यलयमा पदस्थापन गरीएको भन्दै ढकालले  असार २९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ४ : ५० बजे

जसपा नेपालको पत्रकार सम्मेलन सुरु

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको पत्रकार सम्मेलन सुरु भएको

आगामी बजेट नयाँ ढंगबाट आउँछ : प्रधानमन्त्री दाहाल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

एमाले सांसद सुहाङले लिए शपथ (तस्बिरहरू)

काठमाडौं– इलाम- २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल

डेढ वर्षपछि चीनद्वारा भारतमा राजदूत नियुक्त

काठमाडौं- करिब डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउने तयारी