औषधि व्यवस्था विभागका महानिर्देशक ढकालको पदस्थापन कार्यान्वय नगर्न सर्वोच्चको आदेश « Khabarhub

औषधि व्यवस्था विभागका महानिर्देशक ढकालको पदस्थापन कार्यान्वय नगर्न सर्वोच्चको आदेश


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालको पदस्थापनको निर्णय कार्यान्वयन नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले विभागका महानिर्देशक ढकाललाई सरुवा गर्ने निर्णय कार्यान्वयन नर्गन स्वास्थ्य मन्त्रालयका नाममा अन्तरिम आदेश दिएको छ ।

कर्मचारी समायोजनपछिको पदस्थापनका क्रममा ११ औं तहका ढकाललाई विभागको महानिर्देशकबाट सरुवा गरी विभाग मातहतमै सञ्चालित राष्ट्रिय औषधि प्रयोगशालामा पदस्थापन गरिएको थियो । यस्तै, विभागको महानिर्देशकमा उनीभन्दा एकतह जुनियर १० औं तहका पानबहादुर क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको थियो ।

आफूभन्दा जुनियर कर्मचारीलाई विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिएर आफूलाई सोहि मातहतको कार्यलयमा पदस्थापन गरीएको भन्दै ढकालले  असार २९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ४ : ५० बजे

विश्वकप फुटबल : बोस्निया हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

अर्जेन्टिना भर्सेस केप भर्डे, कस्तो होला गोल मेसिन मेसी र किपर भोजिन्हाको जादु ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गत