एउटै नगरपालिकाका मेयर र उपमेयरको समूहबीच झडप हुँदा धनुषा तनावग्रस्त « Khabarhub

एउटै नगरपालिकाका मेयर र उपमेयरको समूहबीच झडप हुँदा धनुषा तनावग्रस्त


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको हंसपुर नगरपालिकाका मेयर र उपमेयरबीचको विवादले झडपको रुप लिएको छ । मेयर र उपमेयर पक्षधरहरुबीच झडपको स्थिति सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चलाउनु परेको छ ।

झडप नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेपछि करिब ६ जना व्यक्ति घाइते भएका छन् ।

मेयर र उपमेयरबीच नगरपालिकाको कार्यालय सञ्चालनसम्बन्धी विवाद थियो । मेयर राम ज्ञान मण्डल र उपमेयर रेणु झाले छुट्टा–छुट्टै ठाउँमा कार्यालय सञ्चालन गरिरहेका थिए ।

मंगलबार दिउँसो प्रहरीसमेत सहयोगमा मेयर मण्डल पक्षका व्यक्तिले उपमेयर रेणु झाले छुट्टै सञ्चालन गरेको कार्यालयबाट केही सामग्री लिन खोजेपछि झडपको स्थिति सिर्जना भएको हो ।

झडपमा उपमेयर झासहित वडा नम्बर २ का वडाध्यक्ष उदय साह, तपेश्वर मण्डल, फेकन कापर, पुण्य खत्री लगायतका व्यक्ति घाइते भएका छन् ।

घाइतेमध्ये तपेश्वर मण्डलको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । उनको उपचारका लागि जनकपुरस्थित अञ्चल अस्पतालमा पठाइएको जनाइएको छ ।

 

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ५ : ४९ बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर