‘हजार जुनीसम्म’ मा स्वस्तिमा सिक्किमे युवती | Khabarhub Khabarhub

‘हजार जुनीसम्म’ मा स्वस्तिमा सिक्किमे युवती


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘हजार जुनीसम्म’ प्रदर्शनमा आउन लागेको छ । यो फिल्म साउन ३० गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की, सञ्चिता लुइँटेल, अखिलेस प्रधान, सलोन बस्नेत लगायतका कलाकारले अभिनय गरेका छन् ।

मंगलबार राजधानीमा भेटिएकी स्वस्तिमाले आफ्नो भूमिकाबारे खुलाइन् । उनले यो फिल्ममा आफूले सिक्किमे युवतीको भूमिकामा अभिनय गरेको खुलासा गरिन् ।

‘दर्शकले यो फिल्ममा मेरो कस्तो भूमिका होला भनेर चासो दिइरहनुभएको छ, बुलबुलमा अभिनय गरेपछि धेरैको चासो पनि छ,’ स्वस्तिमाले भनिन्, ‘फिल्ममा मैले आधुनिक युवतीको भूमिका निभाएकी छु, धेरैले मलाई पहिलेका सिनेमाको जस्तो पनि मान्न सक्नुहुन्छ, तर भूमिका मन पराउनुहुनेछ ।’

फिल्मको ट्रेलरबाट स्वस्तिमाले राम्रो प्रतिक्रिया पाएकी छिन् । चलचित्र ‘बुलबुल’ मा दमदार अभिनय गरेका कारण पनि उनका फ्यान बढी आशावादी छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  १० : १४ बजे

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी