देशभर ८६ प्रतिशत रोपाइँ सम्पन्न, ११ जिल्लामा सतप्रतिशत « Khabarhub

देशभर ८६ प्रतिशत रोपाइँ सम्पन्न, ११ जिल्लामा सतप्रतिशत


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो वर्ष देशभर ८६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयकाअनुसार साउनको तेस्रो सातासम्म ८६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको हो ।

गत वर्ष यही अवधिमा ८९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । मन्त्रालयको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै ९५ दशमलब ३३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

त्यसैगरी प्रदेश नम्बर १ मा ८० दशमलब १३ प्रतिशत, २ नम्बर प्रदेशमा ८१ दशमलब १९ प्रतिशत, ३ नम्बर प्रदेशमा ८८ दशमलब १३ प्रतिशत, गण्डकी प्रदेशमा ८६ दशमलब ५९ प्रतिशत, ५ नम्बर प्रदेशमा ८८ दशमलब ८६ प्रतिशत र कर्णाली प्रदेशमा ९४ दशमलब १० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

८६ प्रतिशतमध्ये ११ वटा जिल्लामा सतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । रोपाइँ सक्ने जिल्लाहरुमा डोल्पा, हुम्ला, जुम्ला, मुगु, प्युठान, रुकुम, रोल्पा, कालिकोट, काठमाडौं, ललितपुर र भक्तपुर रहेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ७ : ४८ बजे

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो

रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शनीमा ड्रोन उडाउन कडाइ

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले आफ्नो अनुमति बिना ड्रोन