देशभर ८६ प्रतिशत रोपाइँ सम्पन्न, ११ जिल्लामा सतप्रतिशत | Khabarhub Khabarhub

देशभर ८६ प्रतिशत रोपाइँ सम्पन्न, ११ जिल्लामा सतप्रतिशत


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो वर्ष देशभर ८६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयकाअनुसार साउनको तेस्रो सातासम्म ८६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको हो ।

गत वर्ष यही अवधिमा ८९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । मन्त्रालयको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै ९५ दशमलब ३३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

त्यसैगरी प्रदेश नम्बर १ मा ८० दशमलब १३ प्रतिशत, २ नम्बर प्रदेशमा ८१ दशमलब १९ प्रतिशत, ३ नम्बर प्रदेशमा ८८ दशमलब १३ प्रतिशत, गण्डकी प्रदेशमा ८६ दशमलब ५९ प्रतिशत, ५ नम्बर प्रदेशमा ८८ दशमलब ८६ प्रतिशत र कर्णाली प्रदेशमा ९४ दशमलब १० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

८६ प्रतिशतमध्ये ११ वटा जिल्लामा सतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । रोपाइँ सक्ने जिल्लाहरुमा डोल्पा, हुम्ला, जुम्ला, मुगु, प्युठान, रुकुम, रोल्पा, कालिकोट, काठमाडौं, ललितपुर र भक्तपुर रहेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ७ : ४८ बजे

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार