भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का गर्न ट्रम्पको आदेश « Khabarhub

भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का गर्न ट्रम्पको आदेश


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का गर्न आदेश दिएका छन् ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको कार्यशैलीको विपक्षमा रहेका राष्ट्रपति ट्रम्पले भेनेजुएला सरकारसँग कुनै पनि कारोबार नगर्ने आदेशमा पनि हस्ताक्षर गरेका छन् ।

अमेरिकी अखबार वालस्ट्रिट जर्नलका अनुसार विगत ३० वर्षको अन्तरालमा अमेरिकी महादेशभित्र अमेरिकाले गरेको यस किसिमको यो पहिलो आदेश हो । अमेरिकाले हाल उत्तर कोरिया, इरान, सिरिया र क्युवाकै हाराहारीमा भेनेजुएलालाई राखेको छ ।

राष्ट्रपति ट्रम्पको आदेशबाट भेनेजुएला सरकारको अमेरिकामा रहेको सबै प्रकारका सम्पत्ति प्रभावित हुनेछ । आदेशमा रोक्का गरिएको भेनेजुएलाको सम्पत्ति अन्यत्र सार्न, भुक्तानी गर्न, झिक्न वा अरु कुनै काममा लगाउन नपाइने उल्लेख छ ।

राष्ट्रपति मदुरोलाई सत्ताच्यूत गर्न यसै वर्षको शुरुमा मुख्य विपक्षी नेता हुँवा गुएइदो स्वयमले आफूलाई राष्ट्रपति घोषणा गरेका थिए । तर सेनाको बलियो समर्थन पाएका राष्ट्रपति मदुरोलाई सत्ताच्यूत गर्ने गुएइदो र अमेरिका समेतका केही मुलुकको प्रयास सफल हुन सकेन ।

राष्ट्रपति मदुरोलाई रुस र चीनजस्ता मुलुकको समर्थन छ भने गुएइदोलाई अमेरिका र युरोपेली मुलुकका केही देशको समर्थन छ ।

अमेरिका र युरोप समेतका मुलुकका साथै देशभित्रै बढेको विरोधका कारण हाल राष्ट्रपति मदुरो र विपक्षी गुएइदोबीच उपयुक्त राजनीतिक समाधान खोज्न वार्ताहरु भइरहेका छन् ।

यी वार्ताहरु नर्वे र बार्बाडोसमा भइसकेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ८ : १२ बजे

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौं– लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो,

मतदातालाई गृहमन्त्री गुरुङको जवाफ, ‘कायापलट गर्न सक्दिनँ, बरू भोट फिर्ता लैजानुस्’

गोरखा- गोरखाको शहीद लखन गाउँपालिका-९ का मतदाताले चुनावका क्रममा गरेका

नक्साल नागपोखरीमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै

‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियामा विभिन्न

थालाछें नागपोखरीमा नागपूजा

भक्तपुर– थालाछें नागपोखरीमा आज बिहानैदेखि नाग पूजा गर्न भक्तजनहरुको भीड लागेको