भारतलाई पाकिस्तानी सेनाको चेतावनी : जुनसुकै हदमा जान सक्छौं « Khabarhub

भारतलाई पाकिस्तानी सेनाको चेतावनी : जुनसुकै हदमा जान सक्छौं


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जम्मु कस्मिरका विषयमा भारतले लिएको निर्णय छिमेकी चीन र पाकिस्तानले अमान्य हुने बताएका छन् ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ हुआ चुनयिङले भारतको निर्णय चीनले नमान्ने बताएकै दिन मंगलबार बसेको पाकिस्तानी सेनाको बैठकले भारतको निर्णयपछि कस्मिरी जनताप्रतिको दायित्व पूरा गर्न आफूहरू जुनसुकै हदसम्म जान सक्ने निर्णय गरेको हो।

पाकिस्तानी सेनाको मुख्यालय रावलपिण्डीमा बसेको बैठकमा जम्मु कस्मिरलाई संविधानको धारा ३७० र ३५ एमार्फत् वैधानिक रूपमा आफ्नो बनाउने भारतको प्रयासलाई पाकिस्तानले कहिल्यै पनि मान्यता नदिएको र त्यसका लागि सेना लागि पर्ने विषयमा पनि गम्भीर छलफल गरेको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता आशिफ गफुरले पाकिस्तानी सेना आफ्नो दायित्व पूरा गर्न जुनसुकै हदसम्म जान तयार रहेको बताएका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा पाकिस्तानी सेना अन्तिम समयसम्म कस्मिरीहरूको न्यायपूर्ण संघर्षको साथमा हुनेछ। त्यसका लागि जुनसुकै हदसम्म जान पनि हामी तयार रहने उल्लेख गरेका छन् ।

नरेन्द्र मोदी सरकारले सोमबार जम्मु कस्मिरलाई विशेष मान्यता दिने संविधानको धारा ३७० खारेज गर्ने, जम्मु कस्मिर र लद्दाखलाई दुई केन्द्रशासित क्षेत्र बनाउने निर्णय गरेको थियो।भारतको यो निर्णयलाई पाकिस्तानले गैरकानुनी भन्दै त्यसको प्रतिरोध गर्न सम्भव भए जति सबै कदम चाल्ने बताएको छ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  १० : १६ बजे

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको

विश्वकपपछि मैदान फर्किए लियोनेल मेसी

मियामी – विश्वकप फुटबलको व्यस्ततापछि लियोनेल मेसी मैदान फर्किएका छन्

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी मुलुकहरू

‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्य : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पाकिस्तानको ‘ब्रड पिक’मा हिमपहिरोमा परी

कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी

कञ्चनपुर– सुदूरपश्चिम विश्वविद्यालयले विश्वविद्यालय तथा अन्तर्गतका सबै क्याम्पसहरूको प्रशासनिक क्षमता