भारतलाई पाकिस्तानी सेनाको चेतावनी : जुनसुकै हदमा जान सक्छौं « Khabarhub

भारतलाई पाकिस्तानी सेनाको चेतावनी : जुनसुकै हदमा जान सक्छौं


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जम्मु कस्मिरका विषयमा भारतले लिएको निर्णय छिमेकी चीन र पाकिस्तानले अमान्य हुने बताएका छन् ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ हुआ चुनयिङले भारतको निर्णय चीनले नमान्ने बताएकै दिन मंगलबार बसेको पाकिस्तानी सेनाको बैठकले भारतको निर्णयपछि कस्मिरी जनताप्रतिको दायित्व पूरा गर्न आफूहरू जुनसुकै हदसम्म जान सक्ने निर्णय गरेको हो।

पाकिस्तानी सेनाको मुख्यालय रावलपिण्डीमा बसेको बैठकमा जम्मु कस्मिरलाई संविधानको धारा ३७० र ३५ एमार्फत् वैधानिक रूपमा आफ्नो बनाउने भारतको प्रयासलाई पाकिस्तानले कहिल्यै पनि मान्यता नदिएको र त्यसका लागि सेना लागि पर्ने विषयमा पनि गम्भीर छलफल गरेको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता आशिफ गफुरले पाकिस्तानी सेना आफ्नो दायित्व पूरा गर्न जुनसुकै हदसम्म जान तयार रहेको बताएका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा पाकिस्तानी सेना अन्तिम समयसम्म कस्मिरीहरूको न्यायपूर्ण संघर्षको साथमा हुनेछ। त्यसका लागि जुनसुकै हदसम्म जान पनि हामी तयार रहने उल्लेख गरेका छन् ।

नरेन्द्र मोदी सरकारले सोमबार जम्मु कस्मिरलाई विशेष मान्यता दिने संविधानको धारा ३७० खारेज गर्ने, जम्मु कस्मिर र लद्दाखलाई दुई केन्द्रशासित क्षेत्र बनाउने निर्णय गरेको थियो।भारतको यो निर्णयलाई पाकिस्तानले गैरकानुनी भन्दै त्यसको प्रतिरोध गर्न सम्भव भए जति सबै कदम चाल्ने बताएको छ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  १० : १६ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र