कुवेतविरुद्ध नेपालको लज्जास्पद हार « Khabarhub

कुवेतविरुद्ध नेपालको लज्जास्पद हार


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले कुवेतविरुद्ध लज्जास्पद हार व्यहोरेको छ ।

कुवेतको जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा भएको खेलमा नेपाल ७–० गोल अन्तरले पराजित भएको हो ।  पहिलो हाफमा २–० गोल अन्तरले पछि रहेको नेपाल दोस्रो हाफमा थप ५ गोल खाँदै ७–० गोल अन्तरले पराजित भएको हो ।

खेलको छैटौं मिनेटमा गोल गर्दै युसेफ नासिरले कुवेतलाई अग्रता दिलाएका थिए । १३ औं मिनेटमा फहाद अल्हाजेरीले हेडबाट गोल गर्दै टोलीलाई २–० को स्थितिमा पु¥याए । दोस्रो हाफमा कुवेतले नेपालविरुद्ध थप ५ गोल गरेका थियो ।

कुवेतविरुद्ध नेपालको खेल निकै नै फितलो रह्यो । सुरुवातीबाटै दबाबमा रहेको नेपालले केही अवसर पाए पनि गोल गर्न सकेन ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १२ : ५१ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय