यी हुन आत्मविश्वास बढाउने ६ सूत्र « Khabarhub

यी हुन आत्मविश्वास बढाउने ६ सूत्र


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सफल बन्न आत्मविश्वास चाहिन्छ । आत्मविश्वासले मानिसलाई अगाडि बढ्न र नयाँ काम गर्न प्रेरणा दिन्छ। प्रायः सफल व्यक्तिका पछाडि आत्मविश्वासको ठूलो भूमिका हुन्छ। तसर्थ, कुनै काममा सफलता हासिल गर्न आफैँमाथि विश्वास हुन जरुरी छ। आफैँमा विश्वास जगाउन निम्न कुरा चाहिन्छ :

सकारात्मक सोच
नकारात्मक भावनाले हुन लागेको कामलाई समेत बाधा पुर्‍याउँछ। ससाना अवरोध आउँदा पनि रिस उठ्ने भएमा त्यो सफलताका लागि झनै बाधक हुन्छ। सकारात्मक सोच नभएकासँग आफन्त, सहकर्मी र साथीभाइसमेत बिस्तारै टाढिन्छन्। तसर्थ, जुनसुकै कामको सफलताका लागि पनि सकारात्मक सोचको विकास गर्न जरुरी छ।

पर्याप्त ज्ञान
विश्व, देश र समाजका सम्पूर्ण गतिविधिको जानकारी लिएर आफ्नो ज्ञानको भण्डार बढाउन आवश्यक छ। यदि, तपाईंसँग पर्याप्त ज्ञान छ भने कुनै ठाउँमा पनि पछि हट्नुपर्ने अवस्था आउँदैन। त्यसका लागि दैनिक नयाँ कुरा सिक्ने, पुस्तक पढ्ने गर्नुपर्छ। विषयवस्तुबारे आवश्यक ज्ञान छ भने कामको सिलसिलामा आउने अवरोधलाई सहज ढंगले समाधान गर्न सकिन्छ।

डर हटाउने
आत्मविश्वास बढाउनका लागि सबैभन्दा पहिला आफूभित्रको डरलाई हटाउन जरुरी हुन्छ। कुनै अन्य व्यक्तिले चाहँदैमा तपाईंको आत्मविश्वास बढ्दैन। जसका लागि आफ्नो क्षमताको पहिचान गर्नुपर्छ।

डाइट र फिटनेस
फिटनेस, सन्तुलित आहारजस्ता कुराले आत्मविश्वासमा भूमिका खेलेका हुन्छन्। आत्मविश्वास बढाउन फिटनेस आवश्यक छ। त्यसका लागि खानपानमा पनि ध्यान दिन जरुरी हुन्छ।

व्यक्तित्व विकास
मानिसको पहिलो दृष्टि तपाईंको बाहिरी आवरणमा पर्छ। तसर्थ, आत्मविश्वास बढाउन लवाइखवाइमा पनि ध्यान पुर्‍याउन जरुरी छ। नसुहाउने ड्रेसअपमा हिँड्दा अरूलाई मात्र नभएर कतिपय अवस्थामा आफैँलाई पनि असहज महसुस भइरहेको हुन्छ। सफा र स्विटेबल ड्रेसअपले तपाईंको व्यक्तित्व झल्काउँछ।

निरन्तर मिहिनेत
कोही पनि मानिस स्वतः उचाइमा पुगेका हुँदैनन्। जुनसुकै क्षेत्रका पनि हरेक सफल व्यक्ति आत्मविश्वासी हुनुमा निरन्तर मिहिनेत हुन्छ। निरन्तर मिहिनेत गर्दा स्वतः आत्मविश्वास बढ्छ। काममा व्यस्त रहनु मात्रै मिहिनेत नहुने भएकाले आफूले गरेको कामको प्रतिफलसमेत मापन गर्नुपर्ने हुन्छ। जसले आत्मविश्वास थप बढाओस्।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ८ : १९ बजे

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या