त्रिभुवन विमानस्थमा आन्तरिक यात्रुको सामान पनि अब ‘बेल्ट’ बाट आउने | Khabarhub Khabarhub

त्रिभुवन विमानस्थमा आन्तरिक यात्रुको सामान पनि अब ‘बेल्ट’ बाट आउने


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा कन्भेअर बेल्ट सञ्चालन हुने भएको छ ।

विमान अवतरण भएपछि यात्रुहरुले अब बेल्ट सञ्चालन भएसँगै आफ्ना सामान सहज रुपमा लिन सक्छन् ।

आन्तरिक उडानबाट आएका यात्रुले यसअघि आफ्ना सामान लिनका लागि लडाई गर्नुपर्ने अवस्था थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले यसले यात्रुलाई सहजता प्रदान गर्ने बताए ।

‘आफ्ना सामान लिनका लागि लडाई गर्नुपर्ने अवस्था रहेको र सामान नै तलमाथि हुने स्थिति रहेको थियो अब यसबाट छुटकारा पाइने भयो’ महाप्रबन्धक क्षेत्रीले भने ।

आफ्ना सामानहरु सहजताका साथ पाउनुपर्ने यात्रुहरुको अधिकार रहेको उनले बताए ।

साढे दुई करोड रुपैयाँको लगानीमा बनाइएको बेल्ट जडानको काम सकिएको छ ।

अहिले एउटा मात्र बेल्ट बनाइएको र त्यसले अपुग भएमा केही समयपछि थप गरिने महाप्रवन्धक क्षेत्रीले बताए ।

काठमाडौंमा रहेको एकमात्र विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडानमार्फत प्रत्येक दिन २० हजारसम्म यात्रु आवतजावत गर्छन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ११ : ०९ बजे

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।

शिक्षामन्त्री पुनको निर्देशन : हरेक विद्यालयमा एक कम्प्युटर शिक्षक अनिवार्य गर्नुहोस्

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमत्री डा महाविर पुनले मन्त्रालयलका

देशभरका सडकको अवस्था र सुरक्षालाई व्यवस्थित बनाउन फोकल पर्सन तोकियो

काठमाडौं – देशभरका सडकहरूको अवस्था र सुरक्षालाई व्यवस्थित बनाउन भौतिक

२२ प्रतिशतले बढ्यो वैदेशिक व्यापार, ८८ प्रतिशतले बढ्यो निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को दुई महिनामा अघिल्लो आवको सोही