जिम्बाब्वेका पूर्व राष्ट्रपति मुगाबेको निधन « Khabarhub

जिम्बाब्वेका पूर्व राष्ट्रपति मुगाबेको निधन


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिम्बाब्वेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको मृत्यु भएको छ । मुगाबेको ९५ वर्षको उमेरमा मृत्यु भएको हो ।

मुगाबे जिम्बाब्वे स्वतन्त्र भएपछि देशको पहिलो प्रधानमन्त्री निर्वाचित भएका थिए। पछि उनी राष्ट्रपति बनेका थिए । उनले तीन दशक देशमा शासन गरेका थिए।

उनी केही समयदेखि बिरामी थिए र उनको गत एप्रिलदेखि सिङ्गापुरमा उपचार भएको बीबीसीले उल्लेख गरेको छ । सन् २०१७ को नोभेम्बरमा देशको सेनाले उनलाई अपदस्थ गरेको थियो। उनलाई सेनाले नजरबन्द गरेको थियो।

जिम्बाब्वेका शिक्षासचिवले मुगाबेको मृत्युमा शोक प्रकट गर्द ट्वीट गरेका छन्। उनको ट्वीट यस्तो छ ।

मुगाबेको जन्म सन् १९२४ को फेब्रुअरीमा तत्कालीन रोडेशियामा भएको थियो। तत्कालीन सरकारको आलोचना गरेकाले उनलाई सन् १९६४ मा मुद्दा नचलाई १० वर्षसम्म कारागारमा हालिएको थियो।

देश स्वतन्त्र भएपछि सन् १९८० मा मुगाबे जिम्बाब्वेको प्रधानमन्त्री निर्वाचित भए। त्यसपछि प्रधानमन्त्री प्रणाली हटाउँदै उनी सन् १९८७ मा राष्ट्रपति बने।

आफ्नो शासनकालका शुरुका वर्षमा उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा बहुसङ्ख्यक काला जातिका मानिसलाई पहुँच दिएर प्रशंसा बटुले। तर उनको विवादास्पद भूमिसुधार नीतिका कारण देशमा ठूलो आर्थिक सङ्कट उत्पन्न भयो। पछि उनको शासनकाल अख्तियार दुरुपयोग र भ्रष्टाकारका कारण विवादास्पद बन्यो।

उनका उत्तराधिकारी एमरसन मनाङ्गाग्वाले मुगाबेको निधनमा शोक प्रकट गर्दै उनलाई “जिम्बाव्वे स्थापना गर्ने पिता” तथा “मुक्तिका प्रतीक” को सङ्ज्ञा दिएका छन्।

सन् १९७३ मा कारागारभित्र हुँदा नै उनी जिम्बाब्वे अफ्रकिन न्याश्नल यूनिअन (जानु) को अध्यक्ष निर्वाचित भएका थिए। उनी जानुका संस्थापक सदस्य थिए ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १२ : ०१ बजे

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त

भियतनाममा बिरालो उद्धार अभियान

हो ची मिन्ह सिटी- भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु

‘प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले अभिव्यक्ति स्वतन्त्रता,