रुपन्देहीमा ६२ जनामा डेङ्गुको सङ्क्रमण « Khabarhub

रुपन्देहीमा ६२ जनामा डेङ्गुको सङ्क्रमण


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रुपन्देहीमा ६२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६२ जनामा डेङ्गुु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिए ।

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल हस्पिटल प्रालि, आम्दा अस्पताल, भीम अस्पताललगायतका अस्पतालमा आएका बिरामीको परिक्षणका क्रममा डेङ्गुको सङ्क्रमण देखिएको हो । पछिल्लो दुईदिनमा डेङ्गुुका बिरामीको सङ्ख्या बढेको प्रमुख गिरीले बताए । जसमध्ये ४२ जना उपचारपछि घर फर्किएका छन् ।

यो वर्ष भदौ महीनादेखि डेङ्गुको सङ्क्रमण फैलिएको हो । विगतका वर्षहरुको तुलनामा सङ्क्रमण नफैलिए पनि लामखुट्टेको सङ्ख्या वृद्धि हुने समय अझै बाँकी रहेकाले भदौदेखि मङ्सिरसम्मको अवधिमा डेङ्गुको सङ्क्रमण फैलिन सक्ने प्रमुख गिरीको भनाइ छ ।

स्थानीय तहहरुले वडास्तरबाटै सचेतामूलक कार्यक्रम सञ्चालन गरी डेङ्गुको सङ्क्रमण घटाउनुपर्ने उनको भनाइ छ । डेङ्गुको सङ्क्रमण नियन्त्रण नभए जनस्वास्थ्य कार्यालयमा डेङ्गु परीक्षण कीट अभाव हुने जनस्वास्थ्य प्रमुख गिरीले बताए ।” हामीसँग १०० वटामात्रै कीट छ । जिल्लाका दुई सरकारी अस्पताल भैरहवा भीम अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा कीट उपलब्ध गराएका छौँ, बिरामी बढ्दै गए कीट अभाव हुनसक्छ ” उनले भने ।

लुम्बिनी प्रादेशिक अस्पतालका शाखा अधिकृत विपीन क्षेत्रीले अस्पतालमा बिरामीको भीड रहे पनि डेङ्गुका बिरामीलाई प्राथमिकता दिएर उपचार गरिरहेको बताए । प्रदेशका अधिकांश जिल्लामा डेङ्गुुको सङ्क्रमण फैलिए पनि रुपन्देहीमा बढी देखिएको छ तर यसको नियन्त्रणका लागि खासै पहल भएको छैन ।

रुपन्देहीमा २०६७/०६८ मा पहिलोपटक डेङ्गुुको बिरामी फेला परेका थिए र सोही वर्ष चार जनाको मृत्यु भएको थियो । त्यसयता ०७३/०७४ मा दुई जना र ०७४/७५ मा दुई जना गरी चार जनाको मृत्यु भएको थियो । यो आठ वर्षको अवधिमा रुपन्देहीमा करीब एक हजार ५०० मा डेङ्गुको सङ्क्रमण देखिएको जनस्वास्थ्यको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १२ : २२ बजे

रास्वपा सांसद गेलालले मतदातालाई भने, ‘विगतमा चिया, बिस्कुट, मासुभात र पैसामा बिकेकाहरूले विरोध गर्न थाले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उदयपुर क्षेत्र नम्बर १ का

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

बाँके– बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने

भैँसी चराउन गएका ६० वर्षीय ब्रह्मदेवको खोलामा डुबेर मृत्यु

वीरगञ्ज– खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२