देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस् « Khabarhub

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी पन्ध्रौँ महाधिवेशनमा सहभागी हुन आग्रह गरेका छन्।

बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले पार्टीभित्र एकता भइसकेकाले छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता नरहेको बताएका हुन्।

उनले पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढ्न आफूले आवश्यक त्याग र लचकता अपनाउन तयार रहेको पनि बताए।

‘मेरो सर्वोच्च नेता शेरबहादुर दाइलाई आग्रह गर्दछु, छुट्टै बसेर महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन। मेरो तर्फबाट अरू के त्याग गर्नुपर्छ, म तयार छु। म पार्टीको नेता भएपछि अरू थप विषयमा समेटेर लिएर जाने कुरामा केमा लचकता लिएर जानुपर्ने हो, म तयार छु,’ थापाले भने।

थापाले महाधिवेशनमा तल्लो तहका कार्यकर्ताले सहभागिता नजनाउने भन्ने भ्रममा नपर्न पनि आग्रह गरे। ‘३ गतेको अधिवेशनमा तल वडामा रहेका साथीहरू भाग नलिऊँ भन्ने धेरै ठाउँमा सुनेको छु। यो अलमलमा नरहनु होला,’ उनले भने।

नेताहरूबीच मात्रै एकता भएर नपुग्ने भन्दै थापाले पार्टीका तल्लो तहसम्मका नेता तथा कार्यकर्तालाई समेत एकताबद्ध भएर महाधिवेशनमा सहभागी हुन आग्रह गरे।

‘नेता एक भएर मात्र हुँदैन, तल्लो तहका कार्यकर्ता पनि एकजुट हुनुपर्छ। त्यसकारण जे–जे कारणले जस–जसले चित्त दुखाउनुभएको छ, एक ठाउँमा आइदिनुहोला,’ थापाले भने।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ४ : ०७ बजे

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप