प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै हुन्छ– कमल थापा « Khabarhub

प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै हुन्छ– कमल थापा


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश ३ को स्थायी राजधानी हेटौंडानै हुने बताएका छन् ।

अध्यक्ष थापाले प्रदेश ३ को प्रदेश सभाले छिट्टैस्थायी राजधानी हेटौडा बनाउन आवश्यक निर्णय गर्ने व्यक्त गरे ।

चितवनको भरतपुरमा स्थानीय संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष थापाले आफ्नो गृह जिल्ला मात्र नभई राजधानीका लागि आवश्यक सबै पूर्वाधार भएकाले हेटौंडालाई संघीय मामिला तथा स्थानीय विकासमन्त्रीको रुपमा आफूले प्रदेश ३ को अस्थायी राजधानी घोषणा गरेको स्पष्ट पारे ।

अध्यक्ष थापाले पहिला पनि माध्यामाञ्चल क्षेत्रको केन्द्रको रुपमा रहेको र यातायातको दृष्टिकोणबाट पनि अत्यन्तै सुगम रहेको तथा पूर्वाधारका अन्य व्यवस्था पनि भएकाले हेटौंडा प्रदेश ३ को राजधानी बनाउन उपयुक्त हुने तर्क गरे ।

अध्यक्ष थापाले सुर्खेतमा गाई हत्या गरिएकोमा आपत्ति जनाउँदै सरकारले दोषीमाथि कडा कार्वाही गर्नुपर्ने पार्टीको माग गरेको बताए ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १२ : २८ बजे

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट