कुवेतमा रहेको नेपाली फुटबल टोली शनिबार नेपाल हुँदै ताइवान जाने « Khabarhub

कुवेतमा रहेको नेपाली फुटबल टोली शनिबार नेपाल हुँदै ताइवान जाने


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ छनोटको पहिलो खेलमा पराजित भएको नेपाली राष्ट्रिय फुटबल टोली शनिबार नेपाल हुँदै ताइवान जाने भएको छ ।

विश्वकप छनोटको एसिया समूह ‘बी’मा रहेको नेपाल बिहीबार राति कुवेतसँग ७–० को फराकिलो गोल अन्तरले पराजित भएको थियो ।

पहिलो खेलमा पराजय व्यहोरेको नेपाली टोली शनिबार बिहान नेपाललाई ट्रान्जीट बनाएर आउनेछ भने बेलुका ताइवानका लागि उड्ने छ ।

नेपालले भदौ २४ गते छनोटको दोस्रो ‘अवे’ खेलअन्तर्गत चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ ।

छनोटमा कमजोर शुरुवात गरेको नेपाल दोस्रो खेलमा पुनरागमनको लक्ष्यमा रहने छ । कुवेतविरुद्धको खेलमा हार व्येहोरेको नेपालका मुख्य प्रशिक्षक योहान कालिनले पराजयको कारण खोज्ने बताइसकेका छन् ।

नेपाली टोलीले गएको जुन महिनामा ताइपेइसँग एक खेलको मैत्रिपूर्ण खेल खेलेको थियो । उक्त खेल नेपालले १–१ बराबरी खेलेको थियो ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १ : ५८ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज