एसिड आक्रमणको त्रास– १५ महिनामा ७ वटा घटना | Khabarhub Khabarhub

एसिड आक्रमणको त्रास– १५ महिनामा ७ वटा घटना



काठमाडौं– शुक्रबार विहानै करिव ६ः१५ बजे विद्यालय जाने क्रममा पर्सामा १५ वर्षीया किशोरीमाथि एसिड प्रहार भयो ।

वीरगञ्ज महानगरपालिका छपकैया स्थित आफनो घरबाट विर्तामा रहेको त्रिभुवन माध्यमिक विधालय जाने क्रममा वीरगञ्जको गणेशमान चोकमा १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सोमेन्द्रसिंह राठोरका अनुसार, स्थानीय १६ वर्षीय सम्साद मिया र सोही उमेरका माजिद आलमले खातुनमाथि प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एसिड प्रहार गरेका हुन् ।

चिकित्सकहरुका अनुसार, एसिड प्रहारबाट खातुनको दाहिने गाला, छाती र हात जलेको छ । अहिले प्रहरीले एसिड प्रहारमा संलग्न मुख्य व्यक्ति सम्साद मियालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

विरगञ्जमा भएको यो एसिड आक्रमणको घटना पछिल्लो उदाहारण मात्र हो । प्रहरीको तथ्याङ्क हेर्ने हो भने पछिल्लो १५ महिनाको अवधिमा मात्र ७ वटा एसिड आक्रमणका घटना भएका छन् ।

एसिड आक्रमणको १५ महिने श्रृङ्खला

– २०७६ भदौ २० गते विहान, प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै पर्साको विरगञ्जमा १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार ।
– २०७६ जेठ १ गते बुधबार राति, काठमाडौंको कालोपुलमा २२ बर्षीया जोनी खड्कामाथि आफ्नै श्रीमानबाट एसिड आक्रमण ।
– २०७५ पुस १८ गते, पोखरा महानगरपालिका २९ आदर्शनगरमा २० बर्षीय डोल्मा रुम्बा आफ्नै श्रीमानबाट एसिड आक्रमण
– २०७५ असोज ८ गते राति, पूर्वी नवलपरासीको कावासोतीमा २० बर्षीया बसन्ती परियार माथि एकसाथ एसिड र छुरा आक्रमण, एकतर्फी प्रेमका कारण आक्रमण भएको खुलासा
– २०७५ असोज ३ गते, पारिवारीक कलहका कारण अछामको तुर्माखाद गाउँपालिकामा ६ महिनाका एक बालक माथि एसिड प्रहार ।
– २०७५ भदौ २६ गते, रौतहट चन्द्रपुरका सुतिरहेको अवस्थामा १८ वर्षीया सम्झनाकुमारी दास र १५ वर्षीया सुस्मिता कुमारी दासमाथि एकसाथ एसिड प्रहार भयो ।
– २०७५ बैशाख १० गते, चितवन टाँडी अस्थायी ट्राफिक पोष्टका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँबाट नै भरतपुरमा स्थानीय कल्पना श्रेष्ठमाथि एसिड प्रहार ।

यी त पछिल्लो १५ महिनाको अवधिमा देखिएका घटना मात्र हुन् । अहिले सम्मको तथ्याङ्क हेर्ने हो भने नेपालमा एसिड आक्रमणका घटना पटक–पटक दाहोरिएका छन् ।

एसिडको मुख्य निशानामा युवती

अहिलेसम्म भएका एसिड आक्रमणका घटनाहरुको अध्ययन गर्दा प्रायजसो महिलालाई चरम यातना, पीडा दिने, कुरुप र अन्धो तथा अपांग बनाउने उद्देश्यबाट भएको देखिन्छ ।

पूर्वएआइजी नवराज ढकाल, बढीजसो घटना एकतर्फी प्रेममा हुने गरेको इगोको भावनाले भएको बताँछन् । उनका अनुसार, अपराधी मनसाय भएका ब्यक्तिले वातावरण उपयुक्त देख्ने बित्तिकै मनमा दुरासय भाव ल्याई यस्ता प्रकुतिका घटना घटाउने गरेका छन् । एसिड प्रहारका घटना बढीजसो तराइका जिल्लाहरु देखिएका छन् । यसबाहेक शहरी क्षेत्रमा पनि एसिड आक्रमण भएको देखिन्छ ।

पूर्वएआइजी ढकालका अनुसार, कहिले दाइजोको बहानामा त कहिले प्रेम प्रस्ताव स्वीकार नगरेको भन्दै महिलामाथि यस्ता हिंसा भइरहेका छन् ।

हुनपनि एसिड आक्रमण कुनै विशेष जाति, धर्म वा भौगोलिक स्थानमा मात्र सीमित छैन, यो एक विश्वव्यापी समस्याको विषय हो । एसिड पछिल्लो समयमा आएर महिला हिंसाको लागी हतियारको रुपमा संसार भरी नै प्रयोग भएको पाइन्छ ।

अपराध शास्त्री प्रा. माधवराज आचार्य समाजमा यस्ता अपराधिक गतिविधी बढ्दै जानुमा असक्षम प्रहरी, सरकारको गैरजीम्मेवार व्यवहार भएको तर्क गर्छन् । उनी भन्छन् – सरकारकै लाचारीका कारण अपराधीको मनोबल बढेको छ । त्यसैले यस्ता घटना पटक पटक दोहोरिरहेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  २ : ४० बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी