यु–१९ एसिया कप– श्रीलङ्कासँग नेपाल पराजित « Khabarhub

यु–१९ एसिया कप– श्रीलङ्कासँग नेपाल पराजित


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी यु–१९ एसिया कपको पहिलो खेलमा नेपाली युवा टोली श्रीलंकासँग ५ विकेटले पराजित भएको छ ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमामा भएको खेलमा नेपालले दिएको १सय६०रनको लक्ष्य श्रीलंकाले ३३.४ ओभरमा पुरा गर्यो ।

नेपालका बलरले विकेट हात पार्न नसक्दा नेपाली टोलीले पहिलो खेलमा हार व्यहोरेको हो । त्यसोत, नेपालले दिएको लक्ष्य पनि मध्येम नै थियो ।

नेपालविरुद्ध ५ विकेटको जित हात पारेको श्रीलंकाका लागि कामिल मिश्राले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकसहित ५५ रन बनाए ।

यस्तै, अन्य ब्याट्सम्यानले अहान विक्रसिन्हाले ३० रन, अभिषेक तारिन्दुले २५ रन र कप्तान निपुन धनन्जयले १८ रन बनाएका थिए ।

श्रीलंकाविरुद्ध नेपाली बलर राशिद खानले २ विकेट हात पारे भने सागर ढकाल र पवन शरार्फले समान एक–एक विकेट लिए ।

यसअघि टस जितेृर पहिलो ब्याटिङ गरेको नेपालले ४२ ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । नेपालका लागि ओपनिङ ब्याट्सम्यान रित गौतम र कप्तान रोहित कुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरे ।

रितले ८५ बलमा ४ चौकाको मद्दतमा ५४ रन बनाएका थिए भने रोहितले ८० बलमा ४७ रन बनाए । यस्तै, राशिद खानले १५ रन बनाए भने हरि बहादुर चौहानले १२ रन मात्रै बनाउन सके ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ९ ओभर खेलिरहँदा बर्षा भएपछि खेल ४२ ओभरमा घटाइएको थियो ।
नेपालविरुद्ध घरेलु टोलीका बलरहरुमा दिलसान मुघुसंख र नवोद परनाभिथानाले समान ३–३ विकेट लिए ।

पहिलो खेलमा पराजित भएको नेपाली टोलीले अब दोस्रो खेल आइतबार बंगलादेशसँग खेल्नेछ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ५ : ३२ बजे

इन्धनको कृत्रिम अभाव गराउने पेट्रोल पम्पमाथि कारबाही होस् : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पेट्रोलियम

नाटो शिखर सम्मेलनअघि किएभमा रुसी मिसाइल आक्रमण, आठ जनाको मृत्यु

किएभ– टर्कीमा मङ्गलबारदेखि सुरु हुने नाटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले सोमबार

पार्टीको नीति एकातिर, प्रधानमन्त्री बालेन्द्रको कार्यशैली अर्कातिर : बलावती शर्मा 

काठमाडौं– सरकारले १०० दिन परिणाममुखी काम गरेको दाबी गरिरहँदा प्रतिपक्षहरू

धुलिखेल-खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने 

काभ्रेपलाञ्चोक– बर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा

कुवा संरक्षण चारकुनेवासी

तनहुँ– व्यास नगरपालिका–१ स्थित चारकुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण