मुलुकको समृद्धिका लागि सरकारले केही गर्न सकेनः राप्रपा संयुक्त | Khabarhub Khabarhub

मुलुकको समृद्धिका लागि सरकारले केही गर्न सकेनः राप्रपा संयुक्त


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले वर्तमान सरकारले मुलुकको विकास र प्रगतिका लागि केही काम पनि गर्न नसकेको आरोप लगाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को केन्द्रीय कार्य समितिको बैठकले सरकारले मुलुकको विकास र प्रगतिका लागि केही काम पनि गर्न नसकेको निष्कर्ष निकालेको हो ।

पार्टी केन्द्रीय कार्य समितिको बैठकले गरेका निर्णय शुक्रबार काठमाडांैमा सार्वजनिक गर्दैै अध्यक्ष पशुपति शमशेर राणाले केपी ओली नेतृत्वको बलियो सरकारले मुलुकको लागि केही पनि गर्न नसकेको निष्कर्ष पार्टी केन्दी्रय कार्य समितिले गरेको बताए ।

उनले सरकारले आफ्नो १८ महिनाको अवधिमा जनताको आशा र अपेक्षामाथि तुषारापात गरेको आरोप पनि लगाए । भ्रष्टाचार व्याप्त हुनु, वाईडबडी विमान काण्ड, बुढीगण्डकी जलविद्युत आयोजना ठेक्का प्रक्रियालगायतका सरकारको राष्ट्र विरोधी क्रियाकलाप मुलुकको हितमा नभएको सो पार्टीको दावी छ ।

पार्टीले हिन्दु राष्ट्र कायमै गर्ने अडान पनि स्पष्ट पारेको छ । त्यसैगरी प्रजातन्त्रसहितको राजसंस्थाको पक्षमा पार्टी रहेको पनि अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताए । अध्यक्ष लोहनीले ९२ प्रतिशत ओमकार समुदाय रहेको मुलुकमा हिन्दु राष्ट्र कायमै हुनुपर्ने तर्क गरे ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ७ : ३४ बजे

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा