पुनर्निर्माणको काम सन्तोषजनक हुन सकेनः मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी « Khabarhub

पुनर्निर्माणको काम सन्तोषजनक हुन सकेनः मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालमा भूकम्पपछिको पुनःनिर्माण सन्तोषजनकरूपमा हुन नसकेको बताएका छन् ।

नेपाल युवक माध्यमिक विद्यालय क्षेत्रपाटीमा पुनःनिर्माण भएको भवनको ‘उद्घाटन तथा हस्तान्तरण समारोह’ मा उनले भूकम्पपछिको पुनःनिर्माण जुन गतिमा हुनुपर्ने हो त्यो हुन नसकेको बताए ।

“सामुदायिक विद्यालय सम्पूर्ण नेपालीको विद्यालय हो, यसको पुनःनिर्माण चाँडो हुनुपर्छ”, उनले भने ।

उनले विश्वका हरेक देशको विकास सामुदायिक विद्यालयमा पढेका विद्यार्थीबाट भएको भन्दै नेपालको सामुदायिक विद्यालयलाई राम्रो बनाउन सरकार लाग्नुपर्ने उल्लेख गरे ।

अहिले मुलुकमा संस्कृति, सभ्यता सिकाउने नैतिक शिक्षाको खाँचो रहेको उहाँको भनाइ थियो ।

काठमाडौँ क्षेत्र नं ७ का सांसद रामवीर मानन्धरले अहिलेको समयमा प्रविधियुक्त शिक्षाको खाँचो रहेको बताए ।
“सीपमूलक र गुणस्तरीय शिक्षा अहिले मुलुकका लागि आवश्यक छ”, उनले भने ।

नेपाल पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइका निर्देशक इमनारायण श्रेष्ठले विसं २०७२ को भूकम्पले क्षति पु¥याएका आठ हजार विद्यालयमध्ये पाँच हजार विद्यालय पुनःनिर्माण गरिसकेको जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ८ : ०९ बजे

काठमाडौं महानगरस्तरीय अन्तर-विद्यालय हस्तलेखन प्रतियोगिता

काठमाडौं- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को आयोजना

बेड क्षमता र दायरा बाहिरका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड र चिकित्सकहरूको

स्टेजका अतिथि र रास्वपा सांसदहरूलाई पनि मोही (तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी रास्वपा महाधिवेशनमा स्टेजमै अतिथि र सांसदहरूलाई मोही

बालेनले राजा ल्याउँछ भनेर पनि रास्वपालाई भोट हालेका छन् : राजेन्द्र लिङ्देन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजा

‘रोनाल्डो आलोचनासँग अभ्यस्त छन्, विश्वकपअघि नै सामाजिक सञ्जाललाई झेल्न तयार थियौँ’

काठमाडौं- पोर्चुगलका डिफेन्डर डियोगो डलोटलले विश्वकप सुरु हुनुअघि नै टोलीले