तिहार अघि स्थानीय निकायमा प्राविधिक कर्मचारी | Khabarhub Khabarhub

तिहार अघि स्थानीय निकायमा प्राविधिक कर्मचारी


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तिहार अघि स्थानीय निकायमा प्राविधिक कर्मचारीले कार्य गर्ने बताएका छन् ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले प्रदेशस्तरीय अन्तर समन्वय तथा विकाससम्बन्धी दुई दिने अन्तरक्रियामा उनले जनतालाई सहज ढङ्गले सेवा पु¥याउन ३० हजार कर्मचारीको दरबन्दी वृद्धि भएको र तिहारपछि प्रशासनिक क्षेत्रका कर्मचारी कार्यक्षेत्र जाने जानकारी दिए ।

मन्त्री पण्डितले करारमा कर्मचारी भर्ना गर्दा साधारण खर्च बढ्न गई विकास खर्चमा असर पार्ने बताए । विगतको जस्तो कर्मचारीलाई अब प्रशिक्षण नहुने जानकारी दिँदै उनले जनप्रतिनिधिको माग र आवश्यकताअनुसार तालीम सञ्चालन गरिने स्पष्ट पारे ।

प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीले जनप्रतिनिधि र कर्मचारीको क्षमता वृद्धिमा तालीम सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यसैबीच मन्त्री पण्डितले शिक्षकले गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी उत्तीर्ण प्रतिशत वृद्वि गर्नुपर्ने बताएका छन् । विराटनगर–११ स्थित जनपथ माध्यमिक विद्यालय भवन उद्घाटन कार्यक्रममा उनले गुणस्तरीय शिक्षा प्रदान गरी प्रतिस्पर्धी मानवस्रोत तयार गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १० : ३० बजे

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि