पाकिस्तानविरुद्ध श्रीलंकाको शानदार जित « Khabarhub

पाकिस्तानविरुद्ध श्रीलंकाको शानदार जित


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– घरेलु टोली पाकिस्तानविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा श्रीलंकाले शानदार जित निकालेको छ ।

शनिबार भएको खेलमा श्रीलंकाले पाकिस्तानलाई ६४ रनले पराजित गरेको हो ।  लाहोरमा श्रीलंकाले दिएको १६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तान १७ ओभर ४ बलमा अलआउट हुँदै १०१ रनमै सीमित रह्यो ।

पाकिस्तानका लागि लिफ्टिखर अहमेदले २५ तथा कप्तान सर्फराज अहमेदले २४ रन बनाए । बाबर आजमले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

पाकिस्तानलाई सस्तैमा समेट्न श्रीलंकाका इशुरु उडाना र नुवान प्रदीपले ३र३ विकेट लिए । हसरंगा डी सिल्भाले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ५ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

श्रीलंकाका लागि दनुस्का गुनाथिलकाले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अभिस्का फर्नान्डोले ३३ तथा भानुका राजपाक्षले ३२ रन बनाए । पाकिस्तानका मोहमद हसनेइनले ३ विकेट लिए ।

जितसँगै श्रीलंकाले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । दुई टिमबीचको दोस्रो खेल सोमबार हुनेछ ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ६ : २८ बजे

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार