पाकिस्तानविरुद्ध श्रीलंकाको शानदार जित | Khabarhub Khabarhub

पाकिस्तानविरुद्ध श्रीलंकाको शानदार जित


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– घरेलु टोली पाकिस्तानविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा श्रीलंकाले शानदार जित निकालेको छ ।

शनिबार भएको खेलमा श्रीलंकाले पाकिस्तानलाई ६४ रनले पराजित गरेको हो ।  लाहोरमा श्रीलंकाले दिएको १६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तान १७ ओभर ४ बलमा अलआउट हुँदै १०१ रनमै सीमित रह्यो ।

पाकिस्तानका लागि लिफ्टिखर अहमेदले २५ तथा कप्तान सर्फराज अहमेदले २४ रन बनाए । बाबर आजमले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

पाकिस्तानलाई सस्तैमा समेट्न श्रीलंकाका इशुरु उडाना र नुवान प्रदीपले ३र३ विकेट लिए । हसरंगा डी सिल्भाले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ५ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

श्रीलंकाका लागि दनुस्का गुनाथिलकाले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अभिस्का फर्नान्डोले ३३ तथा भानुका राजपाक्षले ३२ रन बनाए । पाकिस्तानका मोहमद हसनेइनले ३ विकेट लिए ।

जितसँगै श्रीलंकाले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । दुई टिमबीचको दोस्रो खेल सोमबार हुनेछ ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ६ : २८ बजे

साइबर अपराधसम्बन्धी उजुरी बढे

बाँके – सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको

डढेलो लगाउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी

लसुन खेतीबाट राम्रो आम्दानी लिँदै किसान 

दोलखा– जिल्लाका किसानहरू लसुन लगायतका नगदे खेतीबाट राम्रो आम्दानी लिन

काठमाडौंमा करेन्ट लागेर युवतीको मृत्यु

काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिका-६ करेन्ट लागेर एक युवतीको ज्यान गएको