ग्रानडालाई हराउँदै रियल शीर्ष स्थानमै यथावत | Khabarhub Khabarhub

ग्रानडालाई हराउँदै रियल शीर्ष स्थानमै यथावत


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले गएराति भएको खेलमा जित निकाल्दै शीर्ष स्थानलाई यथावत राखेको छ ।

शनिबार राति भएको खेलमा रियलले ग्रानडालाई ४–२ गोल अन्तरले पराजित गर्यो । घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा, इडेन हजार्ड, लुका मोड्रिच र जेम्स रोड्रीगेजले एक–एक गोल गरे ।

ग्रानडाका डार्विन माचिस र डोमिन्गोस दुआरटेले एक एक गोल फर्काए । खेलको दोस्रो मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाए । खेलको ४५ औं मिनेटमा हजार्डले गोल गर्दै रियलको अग्रता २–० को बनाए ।

खेलको ६१ औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई ३–० को अग्रता दिलाए । ६९ औं मिनेटमा ग्रानडाका डार्विनले पेनाल्टीमा गोल गर्दै खेल ३–१ मा ल्याए । खेलको ७७ औं मिनेटमा ग्रानडाका डोमिन्गोसले गोल गर्दा खेल ३–२ को स्थितिमा पुग्यो । तर, खेलको ९० औं मिनेटमा रोड्रीगेजले गोल गर्दै रियललाई ४–२ को जित दिलाए ।

जितसँगै रियलले शीर्ष स्थानको अग्रता कायम राखेको छ । रियलले ८ खेलमा १८ अंक जोडेको छ । रियलको यो पाँचौ जित हो । पराजित ग्रानडा ८ खेलमा १४ अंक जोडेर दोस्री स्थानमा छ ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ६ : ५९ बजे

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का