प्रहरीले आजदेखि यी रुटमा निःशुल्क बस चलाउँदै « Khabarhub

प्रहरीले आजदेखि यी रुटमा निःशुल्क बस चलाउँदै


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले आजदेखि विजया दशमीको दिनसम्म निशुल्का बस सेवा सञ्चालन गर्ने भएको छ । दशैंमा सवारी साधानको संख्या कम हुने भएकाले यात्रुलाई सहजता प्रदान गर्न प्रहरीले निशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार दशैँमा यात्रुको सहजताका लागि उपत्यकाका दुई रुटमा बस सञ्चालन गर्दैछ । बिहान ११ः०० देखि अपराह्न ४ः०० बजेसम्म प्रहरीले बस सेवा सञ्चालन गर्नेछ ।

रुट नं १ अन्तर्गत नक्साल, जय नेपाल, दरबारमार्ग, रत्नापार्क, नागस्थान, त्रिपुरेश्वर, कालीमाटी, कलङ्की, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, कुपण्डोल, माइतीघर र पुतलीसडक छन् ।

यस्तै रुट नं २ मा मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, नागस्थान, जमल, लैनचौर, लाजिम्पाट, नारायणगोपालचोक, बालुवाटार छन् ।

प्रहरीले चाडपर्वका समयमा यात्रुको सहजताका यातायात सेवा प्रदान गर्दै आएको छ । यसअघिका दशैंमा पनि प्रहरीले सवारी साधन सञ्चालन गर्ने गरेको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ८ : ०३ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००