पर्वतमा भाइरलका बिरामी बढे « Khabarhub

पर्वतमा भाइरलका बिरामी बढे


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- पर्वतमा मौसम परिवर्तनका कारण हुने सिजनल भाइरलफ्लूबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या बढेको छ ।

जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटाका अनुसार पछिल्ला केही दिनयता एक सयभन्दा बढी बिरामी स्वास्थ्य परीक्षणको लागि आइरहेका छन् ।

सामान्य अवस्थामा अस्पतालको ओपिडी कक्षमा दैनिक २० सम्म बिरामी आउने गरेको उनले बताए । घाम लागेको बेलामा वर्षा वा वर्षा भइरहेको बेलामा लाग्ने घामका कारण सिजन परिवर्तन हुने बेलामा सिजनलफ्लूको सङ्क्रमण बढ्ने गरेको उनको भनाइ छ ।

भाइरलको सङ्क्रमण हुन लागेका वा भइसकेकाहरूमा उच्च ज्वरो आउने तथा धेरै दिनसम्म पनि ज्वरो कम हुन नसक्ने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्नेजस्ता लक्षण देखापर्ने डा देवकोटाले बताए ।

अघिपछि पनि भाइरलको सङ्क्रमण हुने गरेको भए पनि मौसम परिवर्तन हुने बेलामा भने सङ्क्रमण उच्च हुने उनको भनाइ छ ।

सिजनल भाइरलफ्लूबाट सङ्क्रमण भएको महसुस भएमा आराम गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउनुपर्ने चिकित्सिकको सुझाव छ । डा देवकोटाका अनुसार भाइरलफ्लूको सङ्क्रमण भएको बेलामा सकेसम्म झोलिलो खानेकुराहरू खाँदै धेरै आराम गर्नु उपयुक्त हुन्छ ।

यस वर्ष लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगको शङ्का लागेकाहरूले पनि तुरुन्तै स्वास्थ्य परीक्षण गर्न आएका कारण बिरामीको चाप अघिल्लो वर्षको तुलनामा झनै बढेको हो ।

“डेङ्गु र सिजनल भाइरलफ्लूका लक्षण मिल्दाजुल्दा छन्, केहीमा मात्र फरक छ”, मेडिकल सुपरिटेन्डेन्ट डा देवकोटाले भने, “सामान्य ज्वरो आउँदा पनि डेङ्गु लाग्यो कि ? भन्ने शङ्का मान्दै स्वास्थ्य परीक्षणका लागि बिरामीहरू आउनुभएको छ ।”

अस्पताल स्रोतका अनुसार भाइरलबाट प्रभावित भएको शुरुकै अवस्थामा आएका बिरामीलाई औषधि सेवनको सिफारिश गरेर घर फर्काइएको भए पनि कतिपय बिरामीलाई भर्ना गरेर इन्जेक्सनको माध्यमबाट औषधि आपूर्ति गर्नुपरेको छ ।

गाउँपालिका र नगरपालिकामा रहेका स्वास्थ्यचौकीमा पनि भाइरलका बिरामीको चाप उच्च रहेको स्थानीय पालिकाका स्वास्थ्य संयोजकहरूले बताएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ८ : ५६ बजे

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ