मधेशको अर्थ व्यवस्थालाई प्रदेश २ सरकारले धारासायी बनायो : प्रभु साह « Khabarhub

मधेशको अर्थ व्यवस्थालाई प्रदेश २ सरकारले धारासायी बनायो : प्रभु साह


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर- नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य प्रभु साहले प्रदेश नम्बर २ को सरकारले मधेशको अर्थ व्यवस्था धारासाही बनाइरहेको आरोप लगाएका छन् ।

दशै, दिपावली तथा छठ पर्वको अवसरमा शुक्रबार रौतहट सदरमुकाम गौरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष साहले प्रदेश सरकार बदनियतपूर्ण ढङ्गले आन्तरिक अर्थ व्यवस्था बिगार्न सक्रिय रहेको बताए ।

सम्भावनाको बिचबाट प्रतिफल निकाल्नुको सट्टा प्रदेश सरकार झन तहसनहस पार्न उद्दत रहेको जिकिर गरे ।

उनले भने, “विभेदविरुद्धको लामो संघर्षपछि राज्य नयाँ संरचनामा गएको छ । जस अन्तर्गत प्रदेश सरकार नयाँ अभ्यासको रुपमा रहेको छ । हामीलाई लागेको थियो कि हाम्रो प्रदेशको सरकारले कमजोर स्थितिमा रहेको अर्थ व्यवस्थालाई माथि उकास्नेछ । तर दुर्भाग्य प्रदेश सरकारको नालायक गतिविधिका कारण प्रदेशको अर्थ व्यवस्था झन धारासायी बन्दै गएको छ ।”

साहले भने, “प्रदेश सरकारको गतिविधि तपाईं हाम्रो समक्ष नै छ । अन्य प्रदेशको तुलना प्रदेश नम्बर २ मा अनावश्यक पदहरुको सृजना गरिएको छ । अन्त ७ सदस्यीय मन्त्रीमण्डल छ भने यस प्रदेशमा दोब्बर छ । जसको कारण यसै खर्च बढेको छ । त्यस्तै अन्य प्रदेशको तुलनामा जनप्रतिनिधि तथा सार्वजनिक पदमा आशिन व्यक्तिहरुको तलब तथा सेवा सुबिधा झण्डै दोब्बर छ । यसरी सबैभन्दा गरिब प्रदेशमा सबैभन्दा धेरै पैसा खर्च हुनाले प्रदेशको अर्थ व्यवस्थामा ठूलो धक्का लागेको छ ।”

“देशमा सबैभन्दा बढी कृषि, उद्योग, व्यापार र पर्यटनको संभावना भएको प्रदेश हाम्रो प्रदेश हो । यी क्षेत्रहरुमा लगानी गरि थप उत्पादन बढाउन त कता हो कता पहिला देखि स्थापित रहेका थोरबहुत उद्योग व्यवसाय पनि दयनीय अवस्थामा पुगिरहेको छ ।”  साहले भने, “औद्योगिक बिकासका लागि विशेष आर्थिक क्षेत्र (सेज) र औद्योगिक क्षेत्रहरू निर्माण गर्न सकिन्छ । व्यापार व्यवसायका लागि सडक पूर्वाधार तथा बजार बिस्तार गर्न सकिन्छ । कृषिमा आधुनिकीकरण गरेर उत्पादन बढाउन सकिन्छ । प्रदेशको अर्थ व्यवस्था र प्रदेशवासीको आर्थिक अवस्था उकास्न सक्ने यस्ता काम गर्नको साटो प्रदेश सरकार कमिसनको आधारमा योजना बाँड्ने काममा ब्यस्त छ।”

फरक प्रसंगमा बोल्दै अध्यक्ष साहले समृद्धिको बाटोमा अग्रसर सरकारलाई बदनाम गर्न प्रतिगामी तत्वहरुले आफुले गरेको गलत काम वर्तमान सरकारको नाममा थुपार्न षड्यन्त्र गरेको बताए ।

अध्यक्ष साहले सरकारविरुद्ध गरिएको गलत प्रचारको पछि नलाग्न तथा यथार्थबारे आफैले मनन गर्न सबैलाई आग्रह गरे ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  १० : ०५ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई