रोल्पाका जेष्ठ नागरिकहरुलाई दशैंले छोएन « Khabarhub

रोल्पाका जेष्ठ नागरिकहरुलाई दशैंले छोएन


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एल बि मगर 

रोल्पा- हिन्दू नेपालीको महान चाड दशैं घर घरमा भित्रिएको छ । तर रोल्पाको रुन्टिगढि गाउँपालिकाका जेष्ठ नागरिक , एकल महिला , अपांगता भएका ब्यक्तिहरुको घरमा यसपालीको दशैंले छोएको छैन । 

सरकारले आफुहरुलाई दिंदै आएको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँला र त्यही पैसाले दशैं मनाउला भनेर सरकार को आसामा बसेका उनीहरुको दशैं आसमै बित्ने भएको छ। 

असोज शुरु भए देखि नै उनीहरुले सम्बन्धित वडा कार्यालय धाउने मात्र होइन वडा सचिबलाई  समेत पटक पटक सोधपुछ गरिसके । 

दशैंमा भत्ता आउछकि आउदैन भन्ने प्रश्नमा वडा कार्यालयले ढुक्क हुन भनेको थियो तर दशैंमा भत्ता आउने आशा समाप्त भयो ।

सरकारले भत्ता दिला र दसैंमा सबै परिवार बसेर हासी खुशी दसै मनाउला भनेर बसेका जेष्ठ नागरिक , एकल महिला, अपांगहरुमा जब फुलपातिको तीन दिन अगाडि नै वडा सचिबले गाउँपालिकाले बजेट निकासा नगरेर प्रमुख प्रशासकीय अधिकृत र लेखापाल घरतिर हिडि सकेको खबर सुनाए पछि आफुहरुको दसैं दसा जस्तै बन्न पुगेको गुनासो पोखे ।

उनीहरुले अगाडि दुखेसो पोख्दै भने सरकारले बरु अरु समयमा ढिला गरोस् केही छैन तर दसैको मुखमा भने कहिले पनि भत्ता दिन कन्जुस्याइँ नगरोस् । 

चाड पर्बमा सके सम्म आफ्नै पैसा र  खर्चमा रमाउन पाउदा खुसी नै बेग्लै हुन्छ । 

उनीहरुको समस्याका बारेमा गाउँपालिका सङ्ग जिज्ञासा राख्दा कार्यालयमा कर्मचारीको जनशक्ति अभावका कारण दसैं अगाडि  सामाजिक सुरक्षा भत्ता बितरण गर्न नसकिएको जबाफ दिएको छ   

तर जेष्ठ नागरिकहरु गाउँपालिकाको जबाफमा सहमत छैनन् किनकि प्रत्येक वडामा वडा सचिब नभए पनि गाउँपालिकाले चाहेको भए गाउँपालिका र वडा कार्यालयमा रहेका कर्मचारीहरु लाई परिचालन गरि सामाजिक सुरक्षा भत्ता बितरण गर्न सक्ने उनिहरुको तर्क रहेको छ ।

यस गाउँपालिकाका नौ वटा वडामा करिब पाँच हजारको संख्यामा सामाजिक सुरक्षा भत्ता पाउने नागरिक रहेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  १० : ३२ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९