महराविरुद्ध पक्राउ पूर्जी जारी, आजै पक्राउ पर्न सक्ने « Khabarhub

महराविरुद्ध पक्राउ पूर्जी जारी, आजै पक्राउ पर्न सक्ने


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वतमान सभामुख कृष्णबहादुर महराविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

जबरजस्ती करणी उद्योगअन्तर्गत अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले महराविरुद्ध फक्राउ पूर्जी जारी गरेको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले महराविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

लामो समयको सार्वजनिक बिदाको समयमा जरुरी महत्वका काम गर्न गठन गरिएको इजलाशबाट महराविरुद्धको पक्राउ पूर्जी जारी भएको हो ।

महानगरीय प्रहरी बृत्त बानेश्वरले जरुरी महत्वको पक्राउ पूर्जी जारी गर्ने सम्बन्धमा दिएको निवेदन स्वीकृत गर्दै पक्राउ पूर्जी जारी भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञान कार्कीले जानकारी दिए ।

महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै गत शुक्रबार उनीविरुद्ध महानगरीय प्रहरी बृत्त बानेश्वरमा जाहेरी दर्ता भएको थियो ।

प्रहरीले महराविरुद्ध जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

अदालतले पक्राउ पूर्जी जारी गरेसँगै महरालाई पक्राउ गर्ने बाटो खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महरा संभवत् आइतबार नै पक्राउ पर्न सक्छन् ।

संघीय संसद सचिवालयमा कार्यत महिला कर्मचारीले महरामाथि यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन् ।
महिला कर्मचारीले लगाएको यौन दुव्र्यवहारको आरोप पछि महराले गत मंगलबार सभामुख पदबाट राजीनामा दिएका थिए ।

पीडित भनिएकी महिलाले विभिन्न सञ्चारमाध्यममा पटक पटक आफ्नो बयानबाजी बदलिरहेपनि अन्नतः शुक्रबार महराविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ३ : ५१ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री