‘उपसभामुखलाई जानकारी गराएर महरालाई पक्राउ गर्न सकिने’ « Khabarhub

‘उपसभामुखलाई जानकारी गराएर महरालाई पक्राउ गर्न सकिने’


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला अदालतले पक्राउको अनुमति दिएपछि निवर्तमान सभामुख कृष्णबहादुर महरा आज पक्राउ पर्ने भएका छन् ।

महराले सभामुख पदबाट राजीनामा दिएपनि प्रतिनिधिसभाको बहालवाला सांसद भएका कारण उनलाई प्रहरीले पक्राउ गर्ला कि नगर्ला भन्ने प्रश्न उब्जिएको छ ।

यस्तो अवस्थामा जनप्रतिनिधिले फौजदारी अभियोग गरेको अवस्थामा प्रहरीले पक्राउ गर्न सक्ने नेपाल कम्युनिस्ट पार्टी नेकपाका संसदीय दलका उपनेता सुबास नेम्बाङले जानकारी दिए ।

नेम्बाङले भने, सांसदलाई पनि फौजदारी अभियोग लागेमा उपसभामुखलाई जानकारी गराएर प्रहरीले पक्राउ गर्न सकिन्छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पक्राउको अनुमति दिएको थियो ।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

यससँगै निवर्तमान सभामुख महरालाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ । तर पक्राउ गर्नुअघि संसदले निलम्बनको प्रक्रिया पुरा गर्नुपर्नेछ ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ४ : १४ बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

केही भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान शान्ति सम्झौतापछि एसियाली सेयर बजारमा उछाल

काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति भएको