पक्राउ परेका महरामाथि हुनसक्छ यस्तो सजाय « Khabarhub

पक्राउ परेका महरामाथि हुनसक्छ यस्तो सजाय


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसद् सचिवालयकी कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परको छन् ।

आइतबार साँझ सभामुख निवासबाटै महरालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । यौन दुव्र्यवहार आरोपमा जाहेरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको बोगटीले जानकारी दिए ।

दिउँसोमात्रै काठमाडौँ जिल्ला अदालतले यौन दुव्र्यवहारको आरोप लागेका महरालाई पक्राउको अनुमति दिएको थियो । न्यायाधीश ब्रजेश प्याकुरेलको आदेशले पक्राउको अनुमति दिएलगत्तै प्रहरीले सभामुख निवास गएर नियन्त्रणमा लिएको हो ।

पीडित महिलाले यही असोज १२ गते राति आफूलाई महराले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । सोही घटनाका कारण महराले सभामुखबाट राजीनामा दिएका थिए ।

त्यसलगत्तै उनले महरा बुबा समानको मान्छेले त्यस्तो गर्नै नसक्ने र आफूले डिप्रेसनमा परेर रिसको झोँकमा आरोप लगाएको बताएकी थिइन् । सोही विषयलाई पुष्टिसहित महिलाले प्रहरीमा निवेदन दिँदै महराले आफूलाई दुव्र्यवहार नगरेको जनाएकी थिइन् ।

असोज १६ गते शुक्रबार पुनः यौन दुव्र्यवहारको आरोप लगाउँदै उनले प्रहरीमा जाहेरी दिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता बोगटीले जानकारी दिए । सोही जाहेरीका आधारमा महरालाई पक्राउ गरिएको हो ।

के हुन्छ सजाय ?

बलात्कार प्रयास गरेको अभियोगमा कानुनअनुसार महरालाई ५ वर्षसम्म जेल सजाय हुन सक्ने छ ।

मुलुकी फौजदारी संहिता २०७४ अनुसार १८ वर्षभन्दा माथि उमेरका महिलालाई जबरजस्ती करणी गरेको अवस्थामा ७ देखि १० वर्षसम्मको कैद हुने व्यवस्था छ भने जबरजस्ती करणीको प्रयास गरे त्यसको आधा सजाय हुने व्यवस्था रहेको छ ।

यस कानून अनुसार करणी प्रयास प्रमाणित भएमा उनीमाथि साढे तीनदेखि ५वर्ष सम्मको सजाय हुन सक्छ ।

शुक्रवार रोशनी शाहीले महराले आफूलाई बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै किटानी जाहेरी दर्ता गरेकी थिईन् ।

किटानी परेसंगै अदालतको आदेश लिएर प्रहरीले महरालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेसंगै उनीमाथि अनुसन्धान गर्नेछ र अदालतमा पेश गर्नेछ ।

अब २८ गते अदालत खुलेपछि प्रहरीले महरालाई अदालतमा उपस्थित गराउनेछ ।

अहिले दशैं विदाका कारण अदालत बन्दछ । जिल्ला अदालत भने अपरझट पक्राउ गर्न अनुमति दिनुपर्ने भएकोले खुला भएको हो ।

अदालतमा पेश गरेसंगै प्रहरीले अनुसन्धान गर्नको लागि अदालतसँग म्याद थप्न अनुमति लिन सक्छ ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ६ : ३३ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको