पक्राउ परेका महरामाथि हुनसक्छ यस्तो सजाय | Khabarhub Khabarhub

पक्राउ परेका महरामाथि हुनसक्छ यस्तो सजाय


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसद् सचिवालयकी कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परको छन् ।

आइतबार साँझ सभामुख निवासबाटै महरालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । यौन दुव्र्यवहार आरोपमा जाहेरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको बोगटीले जानकारी दिए ।

दिउँसोमात्रै काठमाडौँ जिल्ला अदालतले यौन दुव्र्यवहारको आरोप लागेका महरालाई पक्राउको अनुमति दिएको थियो । न्यायाधीश ब्रजेश प्याकुरेलको आदेशले पक्राउको अनुमति दिएलगत्तै प्रहरीले सभामुख निवास गएर नियन्त्रणमा लिएको हो ।

पीडित महिलाले यही असोज १२ गते राति आफूलाई महराले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । सोही घटनाका कारण महराले सभामुखबाट राजीनामा दिएका थिए ।

त्यसलगत्तै उनले महरा बुबा समानको मान्छेले त्यस्तो गर्नै नसक्ने र आफूले डिप्रेसनमा परेर रिसको झोँकमा आरोप लगाएको बताएकी थिइन् । सोही विषयलाई पुष्टिसहित महिलाले प्रहरीमा निवेदन दिँदै महराले आफूलाई दुव्र्यवहार नगरेको जनाएकी थिइन् ।

असोज १६ गते शुक्रबार पुनः यौन दुव्र्यवहारको आरोप लगाउँदै उनले प्रहरीमा जाहेरी दिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता बोगटीले जानकारी दिए । सोही जाहेरीका आधारमा महरालाई पक्राउ गरिएको हो ।

के हुन्छ सजाय ?

बलात्कार प्रयास गरेको अभियोगमा कानुनअनुसार महरालाई ५ वर्षसम्म जेल सजाय हुन सक्ने छ ।

मुलुकी फौजदारी संहिता २०७४ अनुसार १८ वर्षभन्दा माथि उमेरका महिलालाई जबरजस्ती करणी गरेको अवस्थामा ७ देखि १० वर्षसम्मको कैद हुने व्यवस्था छ भने जबरजस्ती करणीको प्रयास गरे त्यसको आधा सजाय हुने व्यवस्था रहेको छ ।

यस कानून अनुसार करणी प्रयास प्रमाणित भएमा उनीमाथि साढे तीनदेखि ५वर्ष सम्मको सजाय हुन सक्छ ।

शुक्रवार रोशनी शाहीले महराले आफूलाई बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै किटानी जाहेरी दर्ता गरेकी थिईन् ।

किटानी परेसंगै अदालतको आदेश लिएर प्रहरीले महरालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेसंगै उनीमाथि अनुसन्धान गर्नेछ र अदालतमा पेश गर्नेछ ।

अब २८ गते अदालत खुलेपछि प्रहरीले महरालाई अदालतमा उपस्थित गराउनेछ ।

अहिले दशैं विदाका कारण अदालत बन्दछ । जिल्ला अदालत भने अपरझट पक्राउ गर्न अनुमति दिनुपर्ने भएकोले खुला भएको हो ।

अदालतमा पेश गरेसंगै प्रहरीले अनुसन्धान गर्नको लागि अदालतसँग म्याद थप्न अनुमति लिन सक्छ ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ६ : ३३ बजे

हिमाली जिल्लामा एचपीभी खोप अभियान आइतबारदेखि सुरु हुने

काठमाडौं– प्रतिकूल मौसमले हिमाली जिल्लामा रोकिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी

तोरणले जिते सूर्य नेपाल एनपीजीए टूर च्याम्पियनसिपको उपाधि

काठमाडौं– सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत पाँचौँ प्रतियोगिता सूर्य

उपेन्द्रले भने- सुकुम्वासीको नाममा जग्गा हडपेर बेच्न भूमिसम्बन्धी अध्यादेश ल्याइयो

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सुकुम्वासीको

भारतको उत्तराखण्डमा हिमपहिरो, ४१ जना कामदार बेपत्ता

काठमाडौं- भारतको उत्तराखण्ड राज्यस्थित चमोलीको मानामा सडक निर्माणमा संलग्न ५७

सिप्रदी ट्रेडिङले टाटा मोटर्स वन वर्ल्ड २०२४ मा जित्यो ७ प्रतिष्ठित अवार्ड

काठमाडौं– ‘टाटा मोटर्स वन वर्ल्ड २०२४’ कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिले ७ उत्कृष्ट