आफ्नो जीवनसाथीको फोन लुकी–लुकी हेर्ने तीव्र इच्छा किन हुन्छ ? « Khabarhub

आफ्नो जीवनसाथीको फोन लुकी–लुकी हेर्ने तीव्र इच्छा किन हुन्छ ?


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

आफ्नो जीवनसाथीको मोबाइल फोनमा जासूसी गर्ने बानी सामान्य हो । यसमा पनि सबैभन्दा बढी यस्तो बानी महिलामा हुन्छ ।

युनिभर्सिटी अफ ब्रिटिस कोलम्बिया र युनिभर्सिटी अफ लिस्बनको एक संयुक्त अध्ययनले अधिकांश मानिसले आफ्ना साथी तथा जीवनसाथीको फोन चेक गर्ने गरेको पत्ता लागेको छ ।

यसो गर्नुको पछाडि मुख्य रुपमा जलन हुनु देखिएको छ । साथै आफ्नो जीवनसाथीसँग दोस्रो व्यक्तिको सम्बन्ध विस्तार नहोस् भन्ने चाहनाका कारण यसो गर्ने गरेको देखिएको छ ।

अध्ययनले के देखाएको छ भने अधिकांश मानिसलाई आफ्ना साथी, प्रेमी, जीवनसाथीले फोन चेक गर्नलाई अनेक रुपमा निहुँ खोजे पनि घुर्की लाए पनि उनीहरु त्यस्तो कुरालाई इन्कार गर्न सक्दैनन् ।

सुरुमा फोन चेक गर्न नदिएजस्तो गरेपनि त्यसो नगर्न उनीहरुले आफ्ना प्रेमी तथा जीवनसाथीलाई रोक्दैनन् । यद्यपि, केही मानिस भने यस्तो कुरालाई मन पराउँदैनन् । आफ्नो फोन अरुलाई चेक गर्न नदिएकै कारण उनीहरुको सम्बन्ध टुट्ने पनि सक्छ ।

४५ प्रतिशत सम्बन्ध टुट्छन्, ५५ प्रतिशतले गर्छन् सम्झौता

यो अध्ययन सानो रुपमा गरिएको थियो । यद्यपिले यसबाट प्राप्त नतिजाले भने सबैलाई चकित पारेको थियो । अध्ययनमा १०२ जना मानिसलाई सहभागी गराइएको थियो ।

उनीहरुलाई आफ्नो जीवनसाथीले अथवा आफूले फोनमा निगरानी राखेको घटना भन्न लगाइएको थियो । यसका साथै अर्को कुरा पनि भन्न लगाइएको थियो कि, आफ्नो जीवनसाथीको अनुमति बिना नै फोन चेक गर्ने तथा हेर्ने गर्दा सम्बन्ध कस्तो भयो ?

यो अध्ययनमा करिब ४५ प्रतिशत मानिसले सम्बन्ध टुटेको बताए भने ५५ प्रतिशतले चाहिँ फोनमा जासूसी गरेपछि पनि सम्बन्ध कायमै रहेको बताएका थिए ।

फोन चेक गर्ने कार्यलाई बानी नबनाउनुहोस्

जीवनसाथीलाई जानकारी नदिई उनको फोनमाथि निगरानी राख्दै जाने हो भने समयक्रम बित्दै जाँदा बानीमा परिणत हुन सक्छ । यदि तपाईंमा यो बानी बढ्दै गएमा, नियन्त्रणभन्दा बाहिर गएमा यसले थप ग्रसित बनाउने छ ।

मनमा जीवनसाथीको हरेक पाइला – पाइला बारेमा जानकारी राख्ने तीव्र इच्छा हुन थाल्दछ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ७ : १९ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी