डेंगुको घरेलु विधिबाट सम्भव छ उपचार « Khabarhub

डेंगुको घरेलु विधिबाट सम्भव छ उपचार


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको घरेलु विधिबाट उपचार गर्न सकिने चिकित्सकहरु बताउँछन् । यो वर्ष देशभरका विभिन्न जिल्लाहरुमा बढ्दै गएको डेंगुको संक्रमण जाडो बढेसँगै घट्दै गएको छ ।

मानिसहरुमा डेंगुको त्रास भने कम भएको छैन । तसर्थ डेंगुको संक्रमण देखिने वित्तिकै अस्पतालका विभिन्न औषधि सेवन नगर्न उनीहरु सुझाउँछन् । कसरी गर्ने त घरेलु विधिबाट उपचार ? केही टिप्स यस्ता छन्-

– ज्वरो तथा दुखाइको लागि पारासिटामोल मात्र खाने ।

– शक्तिको लागि क्याप्सुलमा एन्टी अक्सिडेन्ट भिटामिन खान सकिन्छ ।

– प्रशस्त पानी, जीवनजल, फलफुल, फ्रेस जुस खाने ।

– मेवा, अनार, किवी, पालुंगो, काँक्रो प्रशस्त खाने ।

– प्लेटलेट घटेमा दिनको ३० मिलि मेवाको पातको जुस खाने ।

– बाख्राको दुध प्रतिदिन १ गिलास खाँदा डेंगुमा हुने सेलेनियमको कमी, जसले प्लेटलेट घटाउछ, मा फाइदा हुन्छ ।

– रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जोको रस वा पात खाने ।

– अम्बा वा अम्बाको जुस Tannis, vitamins, mineral हुन्छ ।

– स्याउ तथा स्याउको रस निकै उपयोगी हुन्छ ।

– नीमको पातले पनि प्लेटलेट बढाउछ ।

– हरियो सागपात, माछा, मासु, अण्डा र गहुँमा भिटामिन – के पाइन्छ, जसले रक्ताश्राब रोक्न मद्दत गर्छ।

– मेथीको दाना भिजाएर खाँदा यसमा हुने Vitamins C & K, fiber, minerals आदिले रोगप्रतिरोधात्मक क्षमता बढाउछ ।

– दुधमा बेसार राखेर खाँदा एन्टी भाइरल औषधिको काम गर्छ ।

– तुलसीको पात तथा कालो मरिचमा प्रचुर एन्टी अक्सिडेन्ट तत्व हुन्छन ।

– जौंको जमराको रस पनि निकै फाइदाजनक हुन्छ ।

– सुन्तला, कागती, नरिवल पानी, सागसब्जी, फलफुल तथा प्रोटिन प्रशस्त पाइने खाना खाँदा फाइदा हुन्छ ।

– खीर रुचिकर तथा फाइदाजनक हुन्छ ।

– अदुवा, दालचिनी वा तेजपात आदि मिलाएको हर्बल चियाले फ्रेस बनाउँछ ।

यी घरेलु उपचारसंगै चिकित्सकको निगरानी र उपचार जारी राख्नुपर्छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ८ : ३६ बजे

मर्स्याङ्दी जलविद्युतको मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

तनहुँ– आँबुखैरेनी गाउँपालिका– ४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत्

अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ – पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष

पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज

ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग

कर्णाली – गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण

गोकुल बाँस्कोटाले नेकपा ‘कोल्याप्स’को कारण यसरी सम्झिए

काठमाडौं– नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पाँच