मैनबत्ति बेचेर सामुदायिक विद्यालयले क‍मायो ७० हजार « Khabarhub

मैनबत्ति बेचेर सामुदायिक विद्यालयले क‍मायो ७० हजार


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको पाटन नगरपालिका ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाका विद्यार्थीले विद्यालयमै उत्पादन गरेको मैनबत्ती बिक्रीबाट ७० हजार आम्दानी गरेको छ ।

कक्षा ६ देखि ८ सम्म पठनपाठन हुने पेशा व्यवसाय र प्रविधि शिक्षा पाठ्यक्रम अन्तर्गत प्रयोगात्मक कक्षामा विद्यार्थीहरुले मैनबत्ती उत्पादन गरेका हुन् ।

विद्यार्थीहरुको क्षमता अभिवृद्धि र विद्यालयको आयश्रोत बढाउनका लागि मैनबत्ती उत्पादन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले जानकारी बताए । उत्पादन गरेका मैनबत्ती तिहारको समयमा स्थानीय बजार खोडपे, पाटन, पुर्चौडी, गाँजरी लगायतका बजारमा बिक्रि गरिएका उनले बताए ।

बिद्यालयले १ हजार ८५० प्याकेट मैनबत्ति उत्पादन गरि बिक्री गरेको हो । जसमा १५ रुपैयादेखि ७० रुपैयाँसम्म पर्ने प्याकेट थिए । विद्यालयले गत बर्ष पनि ५२ हजारका मैनबत्ती उत्पादन गरी बिक्री गरेको थियो ।

मैनबत्ती बिक्रीबाट संकलित रकम विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि खर्च गरिने बिद्यालयले जनाएको छ । विद्यालयको आर्थिक स्थितीलाई सुधार तथा बिद्यार्थीहरुले पेसागत दक्षता हासिलका लागी प्रत्येक बर्ष मैनबत्ती उत्पादन गर्दै आएको छ ।

शैक्षिक गुणस्तर, अनुसासन तथा आन्तरिक तथा बाह्य क्रियाकलापलाई जोड दिँदै नमुना बनाउने उद्देश्यले विद्यालयले लिएको छ । निजि श्रोतबाट पारिश्रमिक लिएर काम गर्ने शिक्षकहरुलाई पाल्न सार्है गार्हो भएको र बिद्यार्थिहरुले उत्पादन गरेको मैनबत्ती बिक्री गरी आएको रकमबाट निजि शिक्षकहरुलाई तलब भत्ता दिन सहयोग पुग्ने विद्यालयले जनाएको छ ।

बिद्यालयले यस्तो रचनात्मक कार्यको थालनि गर्नु अन्त्यन्तै राम्रो काम भएको पाटन ९ का वडा अध्यक्ष लोकेन्द्र भण्डारीले बताए । उनले सिद्धेस्वर माबिको यस्को काम बाट अन्य बिद्यालयलाई समेत श्रृजनात्मक काम गर्ने प्रेरणा मिल्ने बताए । यस्ता कामहरु गर्नका लागी आफुहरुले समेत आगामी बर्ष देखि बजेट छुट्याउने उनले बताए ।

अविभावककै लगानीमा विभिन्न शैक्षिक समाग्री र बालउद्यान समेत रहेको उक्त विद्यालय जिल्लाकै पहिलो कागज रहित विद्यालयका रुपमा समेत परिचित छ । वि.स. २०१८ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल ३०० बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ८ : ४५ बजे

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ