पश्चिमी वायुको प्रभावले हल्का वर्षा र हिमपातको सम्भावना « Khabarhub

पश्चिमी वायुको प्रभावले हल्का वर्षा र हिमपातको सम्भावना


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा अझैपनि पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशभर आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशको पश्चिम क्षेत्र लगायत पहाडी भुभागमा आंशिक बदली छ भने अन्य भु-भागमा मौसम सामान्यतया सफा छ।

देशको मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रही १-२ स्थानहरुमा हल्का वर्षा/हिमपातको संभावना रहेकोले सामान्य सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

महाशाखाको ३ दिने मौसमी पूर्वानुमान यस्तो छ :

कार्तिक २० गते (बुधबार)

दिउँसो: देशको पश्चिम भु-भाग लगायत मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंशिक बदलि रहने छ।

राति: देशको पश्चिम भु-भाग लगायत मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंशिक बदलि रहने छ। देशका पश्चिमी भूभागको १/२ स्थानहरुमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

कार्तिक २१ गते (बिहिबार)

दिउँसो: देशको पश्चिम भु-भाग लगायत मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंशिक बदलि रहने छ। देशका पश्चिमी भूभागको १/२ स्थानहरुमा र साथै पूर्वी र मध्य पहाडि भु-भागमा १-२ स्थानहरुमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

राति: देशको पश्चिम भु-भाग लगायत मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंशिक बदलि रहने छ। देशका पश्चिमी भूभागको १/२ स्थानहरुमा र साथै पूर्वी र मध्य पहाडि भु-भागमा १-२ स्थानहरुमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

कार्तिक २२ गते (शुक्रबार)

दिउँसो: देशको पश्चिम भु-भाग लगायत मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंशिक बदलि रहने छ। देशका पश्चिमी भुभाग लगायत मध्य पहाडि भूभागको १/२ स्थानहरुमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

राति: देशको पश्चिम भु-भाग लगायत मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंशिक बदलि रहने छ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  १० : ०० बजे

संसद् सुरू भइसक्दा पनि कांग्रेसले छान्न सकेन दलको नेता

काठमाडौं- २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा होमिएका ६५ मध्ये ६

स्ट्रेट अफ हर्मुज सञ्चालनका लागि सैन्य अभियान अवास्तविक : म्याक्रोँ

सोल- फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’ लार्य

केपी ओलीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- ज्यानसम्बन्धी कसुरमा गत शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष

टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध २१ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

ललितपुर- विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा