निर्माणाधीन गेस्ट हाउसको छत भत्किँदा मालिकको मृत्यु, २ जना घाइते « Khabarhub

निर्माणाधीन गेस्ट हाउसको छत भत्किँदा मालिकको मृत्यु, २ जना घाइते


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुलरिया– बर्दियाको गुलरिया नगरपालिका–६ मा बुधबार बिहान निर्माणाधीन दुर्गा गेष्ट हाउसको छत भत्किँदा एक जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दुर्गा गेष्ट हाउसका मालिक ६० वर्षीय भवी पौडेल रहेका छन् । घाइते हुनेमा बढैयाताल गाउँपालिका–९ शक्तिनगरका ३३ वर्षीय मनकराम थारु र सोही ठाउँका १४ वर्षीय नवराज चौधरी रहेका छन् ।

घाइतेको बर्दिया जिल्ला अस्पताल गुलरियामा प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए ।

गुलरिया बजार क्षेत्रमा सडक विस्तारको क्रममा सडक क्षेत्र मिचेर बनाएका घर आंशिकरुपमा भत्काएर पुनःनिर्माणाधीन गर्दा छत भत्किँदा किचिएर मालिक भवीको मृत्यु हुनुको साथै दुई कामदार गम्भीर घाइते भएका हुन् । उनीहरुको प्रहरीले उद्धार गरेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  १ : ०४ बजे

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवानामा

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४