अदालतमा आलमको बयान जारी, बहस बिहीबार मात्रै शुरु हुने « Khabarhub

अदालतमा आलमको बयान जारी, बहस बिहीबार मात्रै शुरु हुने


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– विस्फोटक पदार्थ (बम) उत्पादन, कर्तव्य ज्यान र ज्यान मारेको उद्योगको अभियोग लागेका कांग्रेस नेता तथा निलम्बित सांसद मोहम्मद अफताव आदलको दोस्रो दिने अदालती बयान जारी छ ।

जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलाशमा जारी बयानमा आलमले इन्कारी बयान दिएको जिल्ला सरकारी वकिल कार्यालय रौतहटका प्रमुख खडिन्द्र कटुवालले जानकारी दिए ।

खबरहबसँगको कुराकानीमा कटुवालले भने ‘अहिले बयान जारी छ । अभियोग पत्रमा लगाइएका आरोपको सन्दर्भमा उनले इन्कारी बयान दिएका छन्। आज दिनभरमा बयानको काम सकिन्छ ।’

आलमसँग पुरानो मुद्दाको बया शुरु भएको भन्दै कटुवालले नयाँ विषय पनि थप धेरै भएकाले आज बयानमात्र सकिने तथा बहस शुरु हुने सम्भावना कम रहेको बताए ।

उनले बहस भने भोलि (बिहीबार) मात्र हुने बताए । आज बयान नै नसकिने भएकाले बहस भोलिलाई पुग्ने सम्भावना रहेको कटुवालले बताए ।

उनले भने, ‘सकेसम्म आज बहस सकियो भने भोलिदेखि बहस हुनसक्छ । आलमको पक्षमा भोलि २७ जना वकिलले बहस गर्ने गरी वकालतनामा दर्ता गराएका छन् । सरकारको तर्फबाट महान्याधीवक्ताको कार्यालयका सहमहान्यायाधीवक्ताको नेतृत्वमा ५ जना सरकारी वकिलले बहस गर्नेछन् । त्यस्तै जाहेरीवालाका तर्फबाट पूर्वमहान्यायाधीवक्ता युवराज संग्रौलाको नेतृत्वमा ८ जनाले बहस गर्नेछन् ।’

आलममाथि २७ चैत २०६४ मा बम विस्फोट गराइ बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इटाभट्टामा जलाएर कर्तव्य ज्यान गरी मारेको आरोप लागेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले सोमबार आलमसहितका १० जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ उत्पादन तथा ओसापोसारसम्बन्धी र अर्का १ जनाविरुद्ध मतियार बनेको कसुरमा अभियोग पत्र दायर गरेको थियो ।

यो मुद्दामा अभियुक्त बनाइएकामध्ये आलमबाहेकका अन्य सबै फरार छन् ।

मंगलबारदेखि नै आलमको बयान शुरु भएको थियो । तर, आलम पक्षका कानून व्यवसायीहरुले अभियोग पत्र र मिसिलको नक्कल (प्रतिलिपि) नपाएको भन्दै न्यायाधीशको ध्यानाकर्षण गराएपछि बयान बीचमै रोकिएको थियो ।

मंगलबार अपराह्न ३ बजेर २० मिनेटदेखि पुनः सुचारु भएको बयान अदालती समय सकिने लाग्दा विषयबस्तुमै प्रवेश गरेको थिएन ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  २ : १४ बजे

सुकुमवासी व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गरेन : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

भारत भ्रमणमा कोशीको चार जिल्लाका स्थानीय जनप्रतिनिधिको टोली 

काठमाडौं– कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका मेयर,

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

जनकपुरधाम– आन्दोलनका क्रममा सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश

निम्स दाइसहितका आरोहीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा

ओली-प्रचण्डकै गल्ती दोहोर्‍याउँदै रवि-वालेन्द्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले चित्त