देउवालाई जोडेपछि विवादमा फसेको ‘घामड शेरे’ ले निकाल्यो यस्तो विज्ञप्ति | Khabarhub Khabarhub

देउवालाई जोडेपछि विवादमा फसेको ‘घामड शेरे’ ले निकाल्यो यस्तो विज्ञप्ति


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘घामड शेरे’ को पोस्टरमा पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको तस्वीर जोडेर प्रयोगकर्ताले सामाजिक सञ्जालमा पोस्ट गर्न थालेपछि चलचित्र विवादमा तानिएको छ । चलचित्रको नामलाई लिएर विवाद बढेपछि निर्माण टिमले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

केही दिनअघि कलाकार आसिफ साहले चलचित्र घामड शेरेको तस्वीरसँग देउवाको तस्वीर जोडेर चलचित्रको प्रचार गर्न ‘रमाइलो’ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उक्त पोस्टपछि चलचित्र विवादमा परेको थियो । विवादसँगै नेविसंघ तथा तरुण दलका नेताहरूले सुदूरपश्चिममा ‘घामड शेरे’ चलाउन नदिने चेतावनी दिएका थिए ।

नेविसंघ बैतडीका जिल्ला सभापति कपिल केसीले फेसबूकमार्फत ‘घामड शेरे’ सुदुरपश्चिमका कुनै पनि हलमा चल्न नदिने चेतावनी दिएका थिए । सो चेतावनीपछि आसिफले स्टाटस हटाएर माफी मागेका थिए ।

यसैबीच निर्माता तथा निर्देशक हेमराज बिसीले विज्ञप्ति जारी गर्दै चलचित्रको नामलाई राजनीतिक क्षेत्रका अग्रज व्यक्तित्वको नामसँग जोडेर गरिएका सामाजिक सञ्जालमा गरिएका पोस्टमा आफूहरुको कुनै सङ्लग्नता र समर्थन नभएको बताएका छन् ।

विज्ञप्तिमार्फत उनले भनेका छन्, ‘चलचित्र घामड शेरेको प्रमुख पात्रको रुपमा रहेको शेरे नाम गरेको पात्रको यस चलचित्र भित्रको चरित्र, व्यवहार र कार्यशैली समेत राजनीतिक प्रकृतिको छैन ।’

साथै निर्माण टिमले चलचित्रको पात्रको नाम जोडेर सामाजिक सञ्जालमार्फत राजनीतिक व्यक्तित्वमा पर्न गएको असर र असुविधाका लागि भन्दै माफी मागेको छ । निर्माण टिमले कसैलाई पनि घामड शेरेको पोस्टरमा कुनै नेताको तस्वीर राखेर ट्रोल नगरिदिन समेत सबैलाई अनुरोध गरेको छ ।

स्रोतका अनुसार निर्देशकलाई काङ्ग्रेस निकट केही नेताले फोन गरेर नाम फेर्न भनेका थिए । तर, नेविसंघ निकट नेताहरुले भने आफूहरूले त्यस्तो केही नभनेको र यसलाई सामान्य लिएको बताएका छन् ।

नेविसंघका नेता प्रेम जोशीले आफ्नो संगठनले यसलाई सामान्य रुपमा लिएको खबरहबलाई बताए । उनले भने, ‘हामीले निर्माण टिमलाई केही भनेकै छैनौँ, केही साथीहरुले सामाजिक सञ्जालमार्फत कुरा उठाएका चाहिँ हुन्, त्यो कुरा मिलिसक्यो, बरु उहाँहरुले प्रचारको फण्डा बनाउनुभएको होला ।’

निर्देशक बिसीले यो चलचित्रमा राखिएको ‘शेरे’ नाम पश्चिमतिर प्रयोग गरिने चर्चित नाम भएका कारण लिइएको बताउँदै आएका छन् । उनका अनुसार पश्चिम क्षेत्रका कतिपय गाउँमा हरेक घरमा कोही न कोही बालकको नाम शेरे राखिएको हुन्छ ।

‘घामड शेरे’ मा शेरेको भूमिकामा अभिनेता निश्चल बस्नेत देखिँदैछन् । यस्तै चलचित्रमा स्वस्तिमा खड्काको पनि शीर्ष भूमिका रहनेछ ।

चलचित्र आउँदो शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आउँदैछ । यसअघि चलचित्र कार्तिक ८ गते प्रदर्शन हुने भनिएको थियो । मल्टिप्लेक्स हलमा कम शो पाएपछि चलचित्रको रिलिज मिति २ हप्ता पछाडि सारिएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ४ : ०५ बजे

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि

पूर्वाञ्चल विश्वविद्यालयकाे १२औँ दीक्षान्त समारोह : सात हजार विद्यार्थी दीक्षित

सुन्दरहरैँचा– पूर्वाञ्चल विश्वविद्यालयको १२०औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा

भोजपुर गोल्डकप : चर्च ब्जाइज फाइनलमा, आर्मीसँग उपाधि भिडन्त

भोजपुर – भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपमा