बाराको जगदम्बा स्टिलको भट्टीमा विस्फोट « Khabarhub

बाराको जगदम्बा स्टिलको भट्टीमा विस्फोट


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

बारा – बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल उद्योगको भट्टीमा विस्फोट हुँदा केही मजदुर घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय सिमराका डिएसपी वेदप्रकाश जोशीका अनुसार घटनामा ठूलो मानवीय क्षति भने नभएको प्रारम्भिक जानकारी आएको छ।

“केही मजदुर सामान्य घाइते भएका छन्। घटनाको विस्तृत विवरण संकलन भइरहेको छ,” डिएसपी जोशीले जानकारी दिए।

घटनाको कारण खुल्न नसकेको र प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालिएको जनाइएको छ।

स्थानीय बासिन्दाका अनुसार भट्टी पड्किएसँगै उद्योग परिसरमा ठूलो आवाज सुनिएको थियो। जगदम्बा स्टिल बारा जिल्लाको एक प्रमुख औद्योगिक प्रतिष्ठान हो, जहाँ दैनिक सयौं मजदुर कार्यरत छन्। घाइतेको संख्या, अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १० : ३९ बजे

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।