धरानको मेयरका लागि साझा पार्टीका उम्मेदवार बने राजन श्रेष्ठ | Khabarhub Khabarhub

धरानको मेयरका लागि साझा पार्टीका उम्मेदवार बने राजन श्रेष्ठ


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साझा पार्टीले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनअन्तर्गत सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका लागि राजन कुमार श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

साझा पार्टीका अनुसार धरानको मेयरका लागि उम्मेदवार तोकिएका श्रेष्ठ धरानका सामाजिक अभियन्ता हुन् । उनी लामो समयदेखि सामाजिक र राजनीतिक अभियन्ताको रुपमा सक्रिय रहेका साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जानकारी दिए ।

साझा पार्टीद्वार जारी एउटा वक्तव्यमा उल्लेख गरिएअनुसार श्रेष्ठले आफू धरानको मेयरमा निर्वाचित भए दीर्घकालीन खानेपानीको व्यवस्था गर्ने, बसपार्कको उचित व्यवस्थापन गर्ने र स्थानीय सरकार मातहतमा रहेको सर्दु जलाधार संरक्षणका लागि आवश्यक पहल कदमी लिने बताएका छन् ।

साझा पार्टीले यस अघि कास्कीको निर्वाचन क्षेत्र नम्बर २, भक्तपुर क्षेत्र नम्बर १ को प्रदेश ९क ० र दाङ क्षेत्र नम्बर ३ को प्रदेश ९ख०मा उमेदवार घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ३ : २६ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास