धरानको मेयरका लागि साझा पार्टीका उम्मेदवार बने राजन श्रेष्ठ « Khabarhub

धरानको मेयरका लागि साझा पार्टीका उम्मेदवार बने राजन श्रेष्ठ


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साझा पार्टीले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनअन्तर्गत सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका लागि राजन कुमार श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

साझा पार्टीका अनुसार धरानको मेयरका लागि उम्मेदवार तोकिएका श्रेष्ठ धरानका सामाजिक अभियन्ता हुन् । उनी लामो समयदेखि सामाजिक र राजनीतिक अभियन्ताको रुपमा सक्रिय रहेका साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जानकारी दिए ।

साझा पार्टीद्वार जारी एउटा वक्तव्यमा उल्लेख गरिएअनुसार श्रेष्ठले आफू धरानको मेयरमा निर्वाचित भए दीर्घकालीन खानेपानीको व्यवस्था गर्ने, बसपार्कको उचित व्यवस्थापन गर्ने र स्थानीय सरकार मातहतमा रहेको सर्दु जलाधार संरक्षणका लागि आवश्यक पहल कदमी लिने बताएका छन् ।

साझा पार्टीले यस अघि कास्कीको निर्वाचन क्षेत्र नम्बर २, भक्तपुर क्षेत्र नम्बर १ को प्रदेश ९क ० र दाङ क्षेत्र नम्बर ३ को प्रदेश ९ख०मा उमेदवार घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ३ : २६ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने