कास्की–२ मा काँग्रेसबाट खेमराज पौडेल उम्मेदवार | Khabarhub Khabarhub

कास्की–२ मा काँग्रेसबाट खेमराज पौडेल उम्मेदवार


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली काँग्रेसले कास्की २ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको पदाधिकारी बैंठकले कास्की–२ मा कास्कीका पुराना नेता पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टी पदाधिकारी बैठकले बुधबार पौडेललाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कास्की–२ मा केन्द्रीय सदस्य तथा स्याङजाका नेता धनराज गुरुङको नाम चर्चामा रहे पनि स्थानीय उम्मेद्वारलाई प्राथमिकतामा राखेर उम्मेदवारको नामावली टुंग्याइएको जनाइएको छ ।

कास्की २ मा प्रतिनिधिसभाको उम्मेदवार बन्नका लागि झण्डै एक दर्जन कांग्रेस नेताहरु नाम सिफासिर गरिएको थियो ।

यही क्षेत्रमा सत्तारुढ दल नेकपामा विद्या भट्टराईलाई उठाउने यसअघि नै निर्णय गरिसकेको छ । यसैगरी साझा पार्टीबाट रजनी केसी र विवेकशीलबाट जमुना शर्मा चुनावी मैदानमा उत्रिएका छन् ।

राप्रपाले केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ । कास्की क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता रहेको र ३२ स्थल ८२ केन्द्र रहेको छ । उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन भोलि हुँदैछ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ४ : ४५ बजे

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध