कास्की–२ मा काँग्रेसबाट खेमराज पौडेल उम्मेदवार « Khabarhub

कास्की–२ मा काँग्रेसबाट खेमराज पौडेल उम्मेदवार


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली काँग्रेसले कास्की २ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको पदाधिकारी बैंठकले कास्की–२ मा कास्कीका पुराना नेता पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टी पदाधिकारी बैठकले बुधबार पौडेललाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कास्की–२ मा केन्द्रीय सदस्य तथा स्याङजाका नेता धनराज गुरुङको नाम चर्चामा रहे पनि स्थानीय उम्मेद्वारलाई प्राथमिकतामा राखेर उम्मेदवारको नामावली टुंग्याइएको जनाइएको छ ।

कास्की २ मा प्रतिनिधिसभाको उम्मेदवार बन्नका लागि झण्डै एक दर्जन कांग्रेस नेताहरु नाम सिफासिर गरिएको थियो ।

यही क्षेत्रमा सत्तारुढ दल नेकपामा विद्या भट्टराईलाई उठाउने यसअघि नै निर्णय गरिसकेको छ । यसैगरी साझा पार्टीबाट रजनी केसी र विवेकशीलबाट जमुना शर्मा चुनावी मैदानमा उत्रिएका छन् ।

राप्रपाले केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ । कास्की क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता रहेको र ३२ स्थल ८२ केन्द्र रहेको छ । उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन भोलि हुँदैछ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ४ : ४५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा